रौतहटमा एमाले विलय भई समाजवादीमा रुपान्तरित

659 Shares

तराई टप संवाददाता
रौतहट, १८ भदौं । नेकपा एमाले रौतहटको ९० प्रतिशत भन्दा जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्यहरु नेकपा एकीकृत समाजवादीमा रुपान्तरित भएका छन् ।
नेकपा एकीकृत समाजवादी रौतहटद्धारा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहट जिल्लामा तत्कालिन एमालेहरु समाजवादीमा विलय हुनु सुखद संकेत पार्टीलाई प्राप्त भएको बताएका हुन् ।
पार्टी कार्यालयको विपी चोकमा उदघाटन गर्दै तत्कालिन नेकपा एमालेको ७१ जना जिल्ला कार्य समितिको सदस्यहरु मध्ये ६१ जना नेकपा एकीकृत समाजवादीमा रुपान्तरित हुनु आफैमै गौरवान्वीत एवं समारात्मक पक्ष रहेको अध्यक्ष यादवले भने । नेकपा को दुई तिहाईको बहुमतको सरकारलाई ओली प्रवृतिका कारण पार्टीमा विद्रोह भई सद्ध्धय नेता माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको समाजवादी पार्टीमा रौतहटको सवै सदस्य आउनुबाट प्रष्ट भएको छ ओलीको दक्षिणपन्थि धारलाई विस्थापित गर्दै समाजवादी पार्टीबाट सम्पूर्ण कम्युनिष्टहरुलाई एक ठाउमा भेला गराउने मौका भेटेको चर्चा गरे ।
संसदीय विकास समितिका पूर्व सभापति एवं महिला नेतृ कल्यणी खड्काले पार्टीलाई मजबुत बनाउन वरिष्ठ नेता माधव नेपालले निकै प्रयास गर्दा पनि ८९ जना केन्द्रीय कार्य समितिका सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने कार्यमा केपी ओली लागि परेको हुँदा बाध्य भई पार्टीमा विद्रोह गरी अर्को पार्टी गठन गर्नुपरेको जिकिर गरे ।
कम्युनिष्ट पार्टीको दोश्रो महाधिवेशनबाट उन्मुख भएको केशरजंग राय माझीको प्रवृतिलाई अनुसरण गरेको ओलीको अधिनायक वाद र पार्टीको वरिष्ठ नेताको वैचारिक धारणालाई वाइपास गरेर हिडिरहेको प्रवृति विरुद्ध पून ः सुरु देखि नै नयाँ पार्टीलाई संगठित गर्नुपर्ने जिम्मेवार हामी तपाईको काँधमा जिम्मेवारी आएको हुँदा यसलाई अघि बढाउनु पर्नेमा उनले जोड दिए ।
संचारकर्मीलाई संकुचित पार्ने ऐनहरु ओलीले ल्याएपनि आफूले विभिन्न संघर्षमा संचारक्षेत्र संगठित भएर लड्ने र लोकतान्त्रिक गणतन्त्रको पक्षमा लागि रहेका पत्रकारलाई खुला रुपमा छाड्नु पर्ने अडान लिदै उक्त ऐनलाई पास गराउन नदिएको उनले बताइन् ।
कमल राय यादवको अध्यक्षतामा १९५ जना जिल्ला कार्य समितिको गठन गरी आजै सपथ गराइएको छ । आउदो दिनमा उक्त कार्य समितिको संख्या विस्तार गरी २२५ मा पुर्याउने लक्ष्य रहेको बताउदै सचिव लक्ष्मण रेग्मीले रौतहटमा ओली समुहको पत्ता साफ भएको बताए । आजको कार्यक्रममा प्रतिनिधि सभामा मनोनित साँसद समिना हुसैन, साँसद हसिमा खातुन, साँसद रामकुमार भटराई, युवा नेता शम्भु साह, मितेश मिश्रा लगायतका नेताहरुको उस्थिति रहेको थियो ।

सम्बन्धित समाचार