रौतहट, २२ फागुन । भनिन्छ स्वास्थ्य नै जीवन हो, स्वस्थय मानिस भए कुनै समस्या हुँदैनन, हरेक नागरिक स्वस्थ्य रहन आफूले भ्याए सम्मको सबथोक लगाएर जीवनलाई रक्षा गर्छन तर रौतहट जिल्लामा यस्ता अस्पताल छन् जहाँ उपचारको नाममा लाखौं रुपमा असुल गर्ने गरिन्छ, विरामीहरु खर्च तिर्न नसकेर कतिदिन सम्म बन्धकी वा अस्पतालबाट घर जान विवश हुने गरेको पाइएपनि त्यस्ता अस्पतालहरु विरुद्ध सम्बन्ध निकाय चु शब्द पनि बोल्दैनन् किन होला ? सबै थोक लक्ष्मिकान्त नै हो ? रौतहटको नीजि अस्पताले विरामी संग गर्दै आएको हरिविजोगबाट कस्ले छुट्कारा दिलाउला भन्न सकिदैनन् !
“तराई तट अनलाईन” ले अनवरत रुपमा उठाउदै आएको आवाज सम्भवतः सम्बन्धित निकायको कान सम्म पुग्न सकेको छैनन् कि लक्ष्मिकान्तको भरमा सबै कुरालाई ओझेलमा पारिएका हुन् बुझ्नै गाह्रो भएको छ !
जिल्लाको मध्यवर्ती क्षेत्र अर्को भाषामा भन्नु पर्दा आर्थिक क्षेत्रको रुपमा परिचित रहेका गरुडा नगरपालिकामा मात्रै सरकारी आँकडा अनुसार १३ वटा नीजि स्तरमा अस्पताल संचालनमा रहेको पाइएका छन् । जसमध्ये, जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठमा र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नविकरण गराएको भएपनि अन्य ११ नीजि अस्पताल नविकरण नगराई विरामीको जीवन संग खेलवाड गरीरहदा पनि स्थानीय सरकार सहित जिल्लाका प्रमुख निकायहरु सामान्य अनुगमन र निरीक्षण समेत गर्न आवश्यक्ता नठान्दा विरामीहरु लुटिन बाध्य रहेका छन् ।

गरुडा सिटी हस्पिटल, रौतहट कान्तिबाल मेमोरियल हस्पिटल, रोमा हस्पिटल, हेल्थल्याण्ड हस्पिटल, ग्राण्डी अस्पताल, नेत्रज्योती आँखा अस्पताल, आरोग्य हेल्थ अस्पताल, आनन्द पोलिक्लीनिक एक्युपञ्चर, सनसिटी अस्प्ताल, गरुडा मेडोसेटी हस्पिटल र एडभान्स क्लीनिक गरी ११ वटा नीजि हस्पिटलहरु नविकरण नगराई मापदण्ड विपरित कार्य गर्दै आएकोमा त्यस्ता कार्यहरु माथि संरक्षण एवं संबर्धन कसले दिएको होला गम्भीर प्रश्न चिन्ह् खडा भएको स्थानीय बासिन्दाहरुले गुनासो गरे ।

आनन्द पोलिक्लीनिक एक्युपंचर संचालन गर्न २०७३ साल साउन १९ गते स्वीकृति जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट लिएर २०७६ फागुन १३ नविकरण गराएका थिए । पोलिक्लीनिकको आडमा नक्कली डाक्टर उमेश प्रसाद जयसवाले आनन्द होस्पिटल प्राली मापदण्ड विपरित, गैरकानुनी तवरबाट विना इजाजत संचालन गरेर विरामीहरु संग दैनिक रुपमा लाखौं लाखको ठगि कार्य गर्दै आएका छन् । त्यती मात्रै नभई पोलिक्लीनिकले बेड (सैंया) राख्न पाउदैनन् तर जयसवालले ६० वटा भन्दा बढि सैंया राखेको त्यस बाहेक मैट्रेस राखेर भुइमै विरामीहरुलाई उपचारको बहानामा लाखौं लाख रकम लुटिदै आएको कतिपटक सम्बध निकायलाई ध्यानाकर्षण गराएपनि सबैलाई मिलाउने गरेको स्थानीयहरु गम्भीर आरोप लगाए ।
उक्त अस्पतालमा पक्षाघात (लकवा) का विरामीहरु उपचारको लागि आउनेलाई शतप्रतिशत निको पार्ने आश्वासन दिएर लाखौं रुपैया असुल्ने गरेको छ । अस्पताल संचालन गर्न कुनै मापदण्ड नभएपनि गरुडा नगरपालिकाको तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले २०७८ माघ २७ चलानी नम्वर २२०० को पत्रबाट आनन्द होस्पिटल संचालन गर्न २०७८ माघ २६ गतेको नगर कार्यपालिकाको बैठकले होस्पिटल संचालन गर्न अनुमती दिएको भएपनि होस्पिटल संचालनको लागि पेश गरिएको कागजातहरु नगरपालिकामा नभएको आर्थिक चलखेलको आधारमा नगरपालिकाको तत्कालिन प्रमुखले लेटरप्याडमा लेखेर दिएको नगरपालिका श्रोतबाट बुझिएको छ ।

जयसवालको कर्तुत बाहिरिदै जाँदा अहिले आफू र आफना पायक पर्ने व्यक्तिहरुलाई नगरपालिका देखि लिएर जिल्लाका ठूलठूला निकायहरुमा लक्ष्मिकान्तले कुरा मिलाउनमा व्यस्त रहेको श्रोतले दाबी गरेका छन् । श्रोतका अनुसार सम्बध निकायहरु लक्ष्मिकान्तको प्रभावमा परिसकेको हुँदा जनताहरुलाई यसरी लुटिनबाट जोगाउन संचारमाध्यमको काँधमा जिम्मेवारी आएको हुँदा त्यस्ता गोरखधन्धा संचालन गर्ने स्वास्थ्य क्षेत्रका माफियाहरुलाई हदै सम्मको कारवाही दायरामा ल्याउन जोडदार रुपमा गरुडा, शिवनगरका जनताहरुले माग गरेका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले १८ पालिकाको स्वास्थ्य शाखा प्रमुख संग छलफल भएको र गैरकानुनी रुपमा संचालन भएका नीजि अस्पतालहरुलाई कारवाही गर्न र गराउन जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा छिटै अनुगमन निरीक्षण गर्ने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन