फागुन २६ गते देखि गौरको चर्चित राइस मिल्सको खेलमैदानमा पालिका कप सुरु हुँदैछन्

   २३ फाल्गुन २०८०, बुधबार १८:१०  

सर्लाही, २३ फागुन । रौतहट जिल्लामा रहेका १८ वटै पालिकाको प्रतिनिधित्व सहित रौतहट क्रिकेट संघद्वारा पालिका कपको पहिलो संस्करण यही २६ गते देखि सुरु हुन गईरहेका छन् ।
रौतहट क्रिकेट संघद्वारा बुधवार गौरमा आयोजित पत्रकार सम्मेलनको माध्यमबाट संघका अध्यक्ष पवन साहले पालिका कपको पहिलो संस्करण यही २६ गते देखि सुरु हुन गईरहेको जसमा १८ वटा स्थानीय तहका १८ टिमको सहभागितामा हुने जानकारी गराए ।
समुद ए, वि, सि, डि, ई र एफ समुह निर्माण गरिएका छन् हरेक समुहमा तिन टिम समावेश गरिएको जानकारी दिदै अध्यक्ष साहले आजै गोला प्रथाद्वारा समुहमा निर्धारण गरिएको बताए । पालिकाको क्याप्टेन एवं प्रतिनिधिले गोला उठाएर ग्रुप चयन गरिएको भएपनि केही पालिकाको प्रतिनिधि उपस्थित नहुँदा संचारकर्मी संग उठाउन लगाएर समुहमा विभाजन गरिएको उनले भने ।
विभाजित भएको ग्रुप अनुसार समुह (ए) मा गौर, मौलापुर र गुजरा समुह (बी) मा गरुडा, फतुवा विजयपुर र माधवनारायण समुह (सि) मा यमुनामाई, परोहा र बृन्दावन समुह (डि) मा गढीमाई, राजदेवी र बौधिमाई समुह (ई) मा कटहरिया, इशनाथ र राजपुर तथा समुह (एफ) मा चन्द्रपुर, देवाही र दुर्गा भगवती परेको रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) ले बताए ।
विहिवार दिउसो २ बजे सम्म टाई लिष्ट प्रकाशन हुने भएको हुँदा सबैले आ आफनो समय अनुसार आएर आफनो प्रतिभालाई दर्शाउन उनले आग्रह गरे । पालिका कपको फाइनल खेल डे नाईट हुने भएको हुँदा यसलाई अझ रोमञ्चकारी बनाउन दर्शकहरुको त्यतीकै नै उत्साह रहने भएको हुँदा सभ्य भएर खेलभावना अुनसार खेल्नुपर्ने बताए । आइसिसीको नियमानुसार नेपाल क्रिकेट संघको अवधारणा अनुसार नै पालिका कप हुने भएको हूँदा सभ्यताको परिचय दिई आफनो स्थानको नामलाई उच्च पार्न समेत आग्रह गरे ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै