रौतहट, २७ असोज । शिक्षा क्षेत्रमा देखिएको विकृति एवं विसंगतीलाई नियन्त्रण गर्ने उद्देश्यबाट तिन विद्यार्थी संगठनले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
रौतहटको गौर स्थित जुद्ध माध्यामिक बिद्यालयमा चर्को शुल्क असुलेका कारण विद्यार्थीहरुले बिरोध गर्न थालेपछि बिद्यालय प्रशासन स्वयमले विद्यार्थी बिरोधी गतिविधि सञ्चालन गरेकोमा आपत्ती जनाउदै उक्त गतिविधि नियन्त्रण गराउने अभिप्रायले पत्र मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी संघ र विद्यार्थी जनमत संघ रौतहटले मंगलबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्र बुझाएको जानकारी अनेरास्ववियुका केन्द्रिय सदस्य रवि मिश्रले दिए । जुद्ध माध्यामिक बिद्यालयले आम अभिभावकहरुको आखामा छारो हाल्दै अंग्रेजी माध्यमको नाममा मनलाग्दी चर्काे शुल्क असल्नु निन्दनीय कार्य भएको विद्यार्थी संगठनले बताएका छन । कोरोना महामारीबाट अक्रान्त रहेको अवस्थामा यस्ता किसिमको कार्य भ्रष्टचारी नै भएकाले ति गतिविधि गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने र बिरोध गर्ने विद्यार्थीहरुको हित विपरित शिक्षा ब्यापारिकरण भइरहेकाले गतिविधिमा संलग्न भ्रष्टचारी दलालहरुलाई कारवाही नगरे आन्दोलनका श्रृखलाहरु घोषणा गर्न बाध्य हुने तीन विद्यार्थी संगठनहरुले सो पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय रौतहट लगायत शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौ , शिक्षा मन्त्रालय प्रदेश नं.२ जनकपुरधाम र शिक्षा शाखा गौर नगरपालिकामा पेश गरिने राष्ट्रिय विद्यार्थी संघ रौतहट अध्यक्ष शिताशु सिंहले बताए । सामुदायिक विद्यालययहरुले जुनसुकै माध्याममा अध्यापन गरेतापनि विभिन्न नाममा शुल्क उठाउने काम निन्दनीय भएको बिद्यार्थी जनमत संघ रौतहटका अध्यक्ष प्रकाश झाको भनाइ रहेको छ ।