67
Shares
सियोल । भारतीय विदेशमन्त्रीको दुई दिने दक्षिण कोरियाको भ्रमणको क्रममा अयोध्या जस्तै जुम्ल्याहा सहर गिम्हेका बासिन्दाहरु संग भेटघाट गरेका छन् ।
विदेशमन्त्री जयशंकरले बुधबार अयोध्याको ’सिस्टर सिटी’ गिम्हे सहरका मेयरको नेतृत्वमा एउटा प्रतिनिधिमण्डललाई भेटे र भने, दुई शहरहरू बीचको सम्बन्ध “हाम्रो साझा सांस्कृतिक सम्पदा र लामो समयदेखि रहिआएका मानिसहरूको गवाह हो ।
गिम्हे शहर राजधानी सियोल देखि ३३० किलोमिटर दक्षिण पूर्वमा रहेको छ ।
कोरियाली किंवदन्तीका अनुसार अयोध्याकी एक किशोरी राजकुमारीले करिब २,००० वर्ष पहिले डुङ्गामा समुन्द्र पार गरेर कोरिया पुग्न लगभग ४,५०० किलोमिटरको यात्रा गरी उत्तर एसियाली देशमा गया राज्य स्थापना गर्ने राजा किम सुरो सँग विवाह गरेको मान्यता रहेको मिडिया रिपोर्टमा भनिएको छ ।
श्रोतः पीटीआई