सर्लाही, २४ फागुन । सर्लाहीको पर्सा गाउँपालिका स्थित मामा घर आएका चार बर्षिय नबालकलाई अपहरण गरी लैजादै गरेको अवस्थामा स्थानीयको सहयोग सर्लाही प्रहरीले सकुशल उद्धार गराएका छन् ।
पर्सा गाउँपालिका वडा नम्वर २ सग्रामपुर स्थित मामा घर आएको भारत विहार सितामढी जिल्लाको सोनवर्षा जनकीनगर १ दरवार लालबनीका धिरेन्द्र रामको ४ बर्षिय छोरा अंकितकुमार राम कुरकुरे खरिद गर्न पसलमा गएको अवस्थामा निज अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा जनाइएका हुन् ।
बुधवार दिउसो १.३० बजेको समयमा अपहरणमा परेको खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मलंगवा सहित मातहतका युनिटहरुबाट प्रहरी टोली परिचालन गरिदा १.४५ बजेको समयमा सग्राम्पर स्थित भारतीइ सिमा तर्फ लगिरहेको बालकलाई स्थानीयको सहयोगमा अपहरणमुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
बालकलाई नेपाली क्षेत्रबाट अपहरण गरेर भारत तर्फ लैजाने भारत विहार सितामढी जिल्ला बथुवारा १ का सलामत अन्सारका २७ बर्षिय छोरा अताबुल अन्सारीलाई स्थानीय बासिन्दाहरुको सहयोगमा पक्राउ गरी अपहरण तथा शरिरबन्धक कसुरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत मलंगवाबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी थारुले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन