अराध्यदेव देवाधिदेव भगवान शिव र माता पार्वतीको बैबाहिक बर्षगाँठको उपलक्ष्यमा पतौरा पुरात्तात्विक महादेव मन्दीरमा मधानी महोत्सवमा सहभागी हुन र भगवान शिवको पुजा गर्न शुक्रवार मौलापुरको पतौरामा मानवसागर ओर्लियो ।
मधानी महोत्सव २०८० लाई सभ्य भवं भव्य बनाउन बलिउडका सुपरस्टार गोविन्दा अहुजा सहित दर्जनौ कलाकारहरुको प्रस्तुतीले मौलापुर गुञ्जमान बनेका हुन् । महोत्सवको दोश्रो भारतीय अभिनेता गोबिन्दाले कार्यक्रम प्रस्तुत गरे ।
मौलापुर नगरपालिकाको आयोजना भएको सो कार्यक्रममा सहभागी हुन हिन्दी चलचित्रका सुपरस्टार अभिनेता गोबिन्दा रौतहट आएका हुन । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन दिदा हजारौं हजार दर्शकहरु आनन्द उठाएर ।
पुरात्तात्विक पतौरा महादेव मन्दीरलाई मौलापुर नगरपालिकाले विश्व सम्पदाको सूचीमा सूचिकृत गराउने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी भएका थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पाठ गरे । उनको प्रस्तुती हेर्न हजारौंको संख्यामा रौतहट लगायतका बारा, पर्सा, सर्लाही तथा सीमापारी भारतबाट दर्शक आएका छन ।
रौतहट आउन पाउदा आफुलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको राम्रो माया पाएको बताए । पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले निकै प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए । दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन गोविन्दाले दिए ।
नेपाल सरकारको पर्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा हिजो देखि मधानी महोत्सव शुरु भएको छ ।
मौलापुर नगरपालिका विगत ५ वर्ष देखि पतौरा महादेव मन्दीरमा मधानी महायज्ञको आयोजना गर्दै आएको छ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात सो स्थानमा मधानी महायज्ञको शुरुवात गरिएको छ । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।
आम जनता पार्टीका अध्यक्ष तथा रौतहट क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहको प्रमुख आतिथ्यमा सुरु भएको सो कार्यक्रममा नेपाली पल साह, प्रिती पासवान, नन्दु श्रीवास्तव लगायत दर्जनौं नेपाली कलाकार तथा भोजपुरी कलाकार विनय विहारी लगायतका कलाकारहरुले आ आफना प्रस्तुती दिदा मौलापुर नगरपालिकामा हजारौं शिवभक्तहरु मनोरञ्जन लिएको बताइएको छ ।
महायज्ञको तेश्रो दिन अर्थात भोली शनिवार दंगल प्रतियोगिता हुने र त्यसमा ओलम्पिक स्वर्णपदक विजेता बबिता फोगार्डले भाग लिई सम्पन्न हुने बताइएको छ ।
मधानी महोत्सवमा गोविन्दा सहितका कलाकारले दिएको प्रस्तुतीको केही फिचर तस्वीरः