download zoom desktop zoom software download page download zoom meeting for windows cnet download zoom cloud meeting zoom download francais download zoom meeting for windows 10 64 bit zoom login meeting id

४० बर्ष देखि दलित समुदायको ८५ परिवार भाडामै बसिरहेको, गाँउगाउँमा सिंह दरवार आएको अनुभुती भएन दलित परिवारलाई

   २१ भाद्र २०७८, सोमबार १२:५८  

तराई टप डेष्क
रौतहट, २१ भदौं । सर्वहारा वर्गको उत्थान, दलितलाई न्याय, समृद्ध नेपाल सुखी नेपालीको आकर्षक नारा दिएर सत्तामा पुगेपछि कागजको खोस्टोमै सिमित हुने गरेको कारण विगत ४० बर्ष देखि दलित समुदायको ८५ घर परिवार भाडामा बस्दै आउदा समेत कुनैपनि निकायको ध्यान नजानुबाट उक्त सस्ता नाराहरु कागजमै सिमित भएको पुष्टि भएको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ६ माठ टोलमा विगत ४० बर्ष अघि देखि बसोबास गर्दै आएका दलित समुदायको ८५ घर परिवारले भाडामा जग्गा लिएर घर बनाए वापत बर्षको एक पटक साहुलाई रकम दिने गरेको हो ।
गरिव, असहाय, दलित, पिछडिएको वर्गलाई उत्थान गर्ने भन्दै लोकतान्त्रवादी विभिन्न पार्टीहरुका नेताहरुले सस्तो, आकर्षक पार्ने खालको नाराहरु दिएर जनतालाई भ्रममा पारी सत्तामा पुग्नासाथ ति नाराहरुबाट विमुख भई सत्र्ता स्वार्थमा चुर्लुम डुवेको राजदेवी नगरपालिकाको यी ८५ परिवार एउटा उदाहरण मात्रै हो देशभरीमा यस्ता कति दलितहरु समुचित बसोबासको पर्खाइमा बसेका होलान ठेगान छैनन राजदेवी ब्रम्हपुरीकै समाजिक अभियन्ता शम्भु सुप्रिमले गुनासो गरे ।

गरिव, असहाय, दलित, पिछडिएको वर्गलाई उत्थान गर्ने भन्दै लोकतान्त्रवादी विभिन्न पार्टीहरुका नेताहरुले सस्तो, आकर्षक पार्ने खालको नाराहरु दिएर जनतालाई भ्रममा पारी सत्तामा पुग्नासाथ ति नाराहरुबाट विमुख भई सत्र्ता स्वार्थमा चुर्लुम डुवेको राजदेवी नगरपालिकाको यी ८५ परिवार एउटा उदाहरण मात्रै हो देशभरीमा यस्ता कति दलितहरु समुचित बसोबासको पर्खाइमा बसेका होलान ठेगान छैनन राजदेवी ब्रम्हपुरीकै समाजिक अभियन्ता शम्भु सुप्रिमले गुनासो गरे ।

बागमती नदि कटानबाट विस्थापित हुदै आएका दलित समुदायलाइ बसोवास गर्न आफ्नो जग्गा पनि रहेको छैनन । उनीहरु बर्षौ बर्ष देखि अर्काको खेतमा काम गरेर दैनिक ज्यालाबाट कमाएको रकमबाट आफू सहित परिवारको भरणपोषण गर्दै आएको छ । कुनै ठोस आय श्रोत नहुँदा पनि बर्षको जग्गाको भाडा वापतको रकम साहुलाई तिर्ने गरेको उपेन्द्र रामले बताए ।
स्थानीय खलिल चौधरी, सत्य नारायण साह, बचन सिंहको जग्गा ४० बर्ष देखि भाडामा लिएर रामदेव राम, मनोज राम, इनरजित राम, उपेन्द्र राम, राम आश्रे राम, शम्भु राम, कपिन्द्र राम, प्रमोद राम, खुवलाल राम, कृष्नान्दन राम, मुश्हर राम, कुश्हर राम, फेकु राम, पपु बैठा सहितका ४० दलित परिवारले घर बनाएर बर्षको प्रति कट्ठाको २५ सय रुपैया भाडा वापत रकम दिनु परेको बाध्यता रहेको ति दलित परिवारहरुले दुखेसो व्यक्त गरेका छन् ।
संघिय लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा शासन व्यवस्था परिवर्तन हुदै गाँउ गाँउमा सिहदरबार आएपनि उनिहरुलाई स्थानीय सरकारको अनुभूति पाउन सकेको छैनन । अझै दमन शोसन र विभेदका शिकार भईरहेका छन् । स्थानीय निर्वाचनको बेला बाचा गरेर निर्वाचित भएका नेपाली कांग्रेसका नगर प्रमुख धिरेन्द्र कुमार सिंहले निर्वाचन भएको चार बर्ष भन्दा बढी समय वितेपनि एक चोटी हाम्रो पिडा बुझ्न वा सम्बोधन गर्न नआउदा उनीहरु झन निराश भएका छन् । त्यती मात्रै नभई प्रदेश सरकारको जनता आवासका योजना पनि उनीहरु समक्ष पुग्न सकेको छैनन ।
फुसको घर बनाएर जीवन यापन गर्दै आएका परिवारले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाइ जग्गा व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् । नेपालमा शाही शासन काल, प्रजातन्त्र, लोकतान्त्रिक गणतान्त्रिक साशन व्यवस्था आएपनि गरिव, दलित, लोपोमुख जातिको व्यवस्था नफेरिएको देख्दा दुख लागेको जेष्ठ नागरिक संघ रौतहटको अध्यक्ष विजयकिशोर झाले बताए । अविलम्ब गरिव असहायलाई समुचित रुपमा बसोबास गराउने तर्फ स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान पुगोस भने सम्बन्धित निकाय संग माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै