रौतहटमा पालिका कप सुरु, उदघाटन खेल चन्द्रपुर र दुर्गा भगवती विच जारी

   २६ फाल्गुन २०८०, शनिबार १६:११  

रौतहट, २६ फागुन । क्रिकेट क्षेत्रमा युवाहरुलाई प्रोत्साहित गर्न र गुणस्तरिय खेलाडी तयार गर्न वृहत स्तरमा पहिलो पटक रौतहट जिल्लामा शनिवार देखि टि २० पालिका कपको औपचारिक रुपमा सुरुआत भएका छन् ।
रौतहटको १८ वटै पालिकाबाट प्रतिभावान खेलाडी छनौट गरेर प्रत्येक पालिकाबाट एक÷एक टिम गरी पालिका कप २०८० मा १८ वटा टिमको सहभागितामा आज देखि औपचारिक रुपमा सुरु भएको प्रतियोगिताको उदघाटन चन्द्रपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको बीच खेल भईरहेका हुन् ।
उदघाटन समारोहमा सबै पालिकाको प्रमुख उपप्रमुखहरुको उपस्थितिमा रौतहट क्रिकेट संघद्वारा आयोजित पालिका कपलाई व्यवस्थित एवं उत्कृष्ट खेलाडी उत्पादन गरेर रौतहटको टिम तयार गर्न अहिलेको आयोजनाबाट निकै टेवा पुग्ने रौतहट क्रिकेट संघका अध्यक्ष पवन साहले बताए ।
टि–२० फर्मेटमा भईरहेको पालिका कपको उदघाटन समारोहमा गौर नपाको प्रमुख शम्भु साह, चन्द्रपुरका प्रमुख संजय काफले, दुर्गा भगवतीको प्रमुख शम्भु सिंह, माधवनारायणको प्रमुख बैजनाथ प्रसाद यादव, इशनाथ प्रमुख, राजपुर प्रमुख डा. राजिक, बौधीमाई प्रमुख प्रदीप यादव, देवाही गोनाही प्रमुख प्रेमलाल साह, गरुडा प्रमुख कन्थमुणी प्रसाद कलवार, गढीमाई प्रमुख श्यामप्रसाद यादव, वृन्दावन प्रमुख विनोद प्रसाद कुर्मी, राजदेवी प्रमुख भिखारी यादव सहित १८ वटै पालिकाको प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेका थिए ।

समाचार तयार पारुनजेल सम्म दुर्गा भगवतीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा चन्द्रपुरको ७ ओभरमा २९ रन बनाउदा ४ विकट गुमिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै