विश्वप्रसिद्ध ओलम्पीक खेलाडी बबिता फोगाटको दंगल प्रतियोगिता संगै मधानी महायज्ञ २०८० को औपचारिक रुपमा सम्पन्न भयोः नगरप्रमुख रीनाकुमारी साह

   २६ फाल्गुन २०८०, शनिबार २१:२५  

रौतहट, २६ फागुन । देवाधीदेव महादेवको नगरी मौलापुरमा आयोजित मधानी महायज्ञको अन्तिम दिनमा अन्तरराष्ट्रिय दंगल प्रतियोगितामा भारतको लागि ओलम्पीकमा स्वर्णपदक विजेता बविता फोगाट भाग लिएकी थिइन् ।
विश्व चर्चित पहलवान फोगाटलाई मौलापुर नगरपालिकामा भव्य रुपमा स्वागत गरिएका हुन् । उनलाई मौलापुर नगरपालिकाको नगरप्रमुख रीनाकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत लगायतका पदाधिकारीहरुले स्वागत गरेको थियो ।
रौतहटको मौलापुर नगरपालिकामा रहेका पतौरा पुरातात्विक महादेव मन्दीरलाई विश्व सम्पदाको सूचीमा लिपिबद्ध गराउने उद्देश्यबाट सो क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहको विशेष प्रेरणाबाट मौलापुर नगरपालिकाले विक्रम सम्वत २०७५ साल देखि मधानी महायज्ञको आयोजना गर्दै आएको छन् । सोही क्रममा यसपाली मधानी महायज्ञमा बलिउड कलाकार गोविन्दा अहुजा, भोजपुरी स्टार विनय विहारी, नेपाली कलाकार, संगितकार, फिल्म निर्माता, टिकटक स्टार, पप स्टार लगायतका दर्जनौं कलाकारहरुले पहिलो र दोश्रो दिन आ आफना प्रस्तुतीबाट हजारौं हजार दर्शक एवं श्रद्धालुभक्तजनहरुको हृदयमा बास गर्न सफल भए ।
महायज्ञको आज तेश्रो दिन अर्थात समापनका दिनमा अन्तरराष्ट्रिय दंगल  प्रतियोगिताको आयोजना गरियो । उक्त आयोजनामा अन्तरराष्ट्रिय खेलाडी बबिता फोगाट सहित नेपाली पहलवानहरु दंगलमा भाग लिएको मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
बिश्व प्रसिद्ध महिला पहलवान बबिता फोगाटको बिशेष उपस्थितिमा आज मौलापुरमा अंतर्राष्ट्रीय दंगल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको मौलापुर नगरपालिकाले जनाएको छ । मधानी महायज्ञको अवसरमा आयोजित उक्त अंतर्राष्ट्रीय दंगल प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रीना कुमारी साहले गरेकी थिइन् भने नेपाल–भारतका चर्चित एवं लोकप्रिय खेलाड़ीहरु सहित लाखौको उत्साहजनक सहभागिता रहेको थियो । हिन्दी फिल्म ‘दंगल’ का वास्तविक खेलाड़ी बबिताको आगमनले मधानी महायज्ञ र मन्दिरको प्रवद्र्धनमा ठुलो सहयोग पुगने विश्वास सहित मेयर रीना साहलाई बिशेष धन्यवाद दिइन् । प्रतिनिधि सभा सदस्य एवं आजपा अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा मधानी महायज्ञ औपचारिक रुपमा आज समापन भएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकरी दिए ।
अन्तरराष्ट्रिय पहलवान एवं भारतको लागि ओलम्पिकमा स्वर्ण पदक विजेता बबिता फोगाटलाई रौतहटमा भव्य स्वागत गरिएको तस्वीर फिचरः

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै