रौतहटको पाँच पालिकाले नियम विपरित दिवा खाजाको रकम निकासा गरेर आर्थिक अनियमितता गरेको महालेखा परीक्षकको ठहर

   २१ भाद्र २०७८, सोमबार १३:११  

तराई टप डेष्क
रौतहट, २१ भदौं । लामो समय सम्म सामुदायिक विद्यालय बन्द रहेपनि रौतहट जिल्लाको पाँच वटा पालिकामा रहेको सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुलाई खुवाउने दिवा खाजाको नाममा नियम विपरित रकम निकासा भएको महालेखा परीक्षकको प्रतिवेदनमा सार्वजनिक भएका छन् ।
महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदनमा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सरकारले ल्याएको दिवा खाजा कार्यक्रममा स्थानीय तहको जनप्रतिनिधिहरु नियम विपरित रकम निकासा गरेको ठहर गरेका हुन् ।

 

स्थानीय तहमा रहेको शिक्षा संयोजकले प्रतिवेदन पेश गरेकै भरमा उक्त पालिकाबाट नियमविपरित रकम निकासा हुँदा अनियमितता भएको ठहर गरिएको छ । गरुडा नगरपालिकाले ७७ लाख, फतुवा विजयपुर नपाले ९७ लाख, परोहा नपाले १ करोड १७ लाख, दुर्गा भगवती र यमुनामाई गापाले १ करोड २१ लाख ७१ हजार र ७४ लाख ९९ हजार रकम निकासा गरिएको उक्त प्रतिवेदनमा उल्लेख रहेका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले स्थानीय तह शासन व्यवस्था ऐन अनुसार दिवा खाजाको संयोजकमा सम्बन्धित पालिकाको उप प्रमुखलाई तोकेको छ तर पालिका प्रमुख र उपप्रमुख विचको तालमेल नहुँदा उपप्रमुखलाई वाइपास गरेर रकम निकासा गरिएको पाइएको छ ।

गरुडा, फतुवा विजयपुर, परोहा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा नियम विपरित दिवा खाजा वापतको ४ करोड ८७ लाख ६१ हजार १ सय रुपैया निकासा गरेको सार्वजनिक महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।
स्थानीय तहमा रहेको शिक्षा संयोजकले प्रतिवेदन पेश गरेकै भरमा उक्त पालिकाबाट नियमविपरित रकम निकासा हुँदा अनियमितता भएको ठहर गरिएको छ । गरुडा नगरपालिकाले ७७ लाख, फतुवा विजयपुर नपाले ९७ लाख, परोहा नपाले १ करोड १७ लाख, दुर्गा भगवती र यमुनामाई गापाले १ करोड २१ लाख ७१ हजार र ७४ लाख ९९ हजार रकम निकासा गरिएको उक्त प्रतिवेदनमा उल्लेख रहेका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले स्थानीय तह शासन व्यवस्था ऐन अनुसार दिवा खाजाको संयोजकमा सम्बन्धित पालिकाको उप प्रमुखलाई तोकेको छ तर पालिका प्रमुख र उपप्रमुख विचको तालमेल नहुँदा उपप्रमुखलाई वाइपास गरेर रकम निकासा गरिएको पाइएको छ ।
गरुडा नगरपालिकाको उप मेयर श्रीमती रंगिला देवी जयसवालले पालिका अन्तर्गतको विद्यालयहरु गत बर्षकै चैत महिना देखि कोरोनाको कारण बन्द रहेको अवस्थामा दिवा खाजाको रकम निकासा गर्न मलाई दवाव दिइरहदा पनि मैले प्रमाणित एवं हस्ताक्षर नगरेको दाबी गरिन् । आफूले हस्ताक्षर गर्न नमानेपछि शिक्षा संयोजक मौजेलाल राय यादवले उप संयोजक गठन गरेर ७७ लाख निकासा गरेको हुन सक्ने आरोप लगाइन् । आफूलाई रकम निकासा सम्बन्धि कुनै कुरा थाहा नभएको तथा दिवा खाजा सम्बन्धि कुनै पनि कागजातमा हस्ताक्षरत नगरेको उनको दाबी छ ।
मलेपको प्रतिवेदनमा उल्लेख भए पनि यहाँबाट नियम विपरित निकासा नभएको शिक्षा संयोजक यादवले दाबी गरे । नगरपालिका भित्र २३ वटा सामुदायिक विद्यालय रहेको शिक्षा संयोजक यादवकै भरमा प्रतिवेदन तयार पारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर रकम निकासा दिएको आरोप लागेको ।
यसैगरी फतुवा विजयपुर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक बुनिलाल यादवले नियमविपरीत दिवा खाजा रकम निकासा गरेको बारे हाल संयोजक रहेका हरेन्द्र यादवले आफूलाई त्यस बारे कुनै जानकारी नभएको बताए । महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि दिवा खाजामा नियमविपरित निकास भएको कुरा थाहा भएको बताए ।
परोहा नगरपालिकाले दिवा खाजा कार्यविधिलाई मिचेर अभिभावकलाई नगदै रकम वितरण गरे । खाजा बनाएर खुवाउने स्थानको अभाव रहेको भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको अभिभावकलाई नगद रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले स्वीकारे । लामो समय देखि जारी रहेको लकडाउनका बेला विद्यालय बन्द भएको समयको पैसा दिएका छैनौं उनले दाबी गरे । तर नगरपालिकाले नगद बुझाउने व्यवस्था नभए पनि नियमविपरीत दिवा खाजाबापत १ करोड १७ हजार निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ति नगरपालिकामा २१ वटा विद्यालय छन् ।
दुर्गाभगवती र यमुनामाईको शिक्षा संयोजककै प्रतिवेदनका आधारमा रकम निकासा गरेका थिए । कोरोना महामारीका कारण २०७६ चैत ११ गतेबाट लकडाउन जारी भएर विद्यालय बन्द रहेको अवस्थामा रकम निकासा गरेको भन्दै महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थी हाजिर संख्या विषयमा छानबिन गरी बढी भुक्तानी रकम असुल गर्नुपर्ने महालेखाले सम्बन्धित निकायलाई सुझाव दिएको छ । नेपाल सरकारले साना साना बालबालिकाहरुलाई विद्यालय आउन प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका बालबालिकालाई १ सय ८० दिनसम्म दिवा खाजाका लागि बजेट विनियोजन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै