सर्लाही, २७ फागुन । सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छलेर चोर बाटो भई नेपाल भित्रयाइएको फुल, कपडा लोड गरिएको भ्यान सहित चालक र साउलाई नियन्त्रणमा लिएका छन् ।
भन्सार छलीको फुर र कपडा हरिपूर्वाबाट काठमाडौं जान लागेको विशेष सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले शुक्रवार साँझ ५ बजेको समयमा हरिपूर्वा नगरपालिका वडा नम्वर ५ सग्राम्पुरबाट बसतपुर तर्फ जाँदै गरेका प्रदेश २–०३–००१ च ०६८४ नम्वरको पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा विलविजकहरु नभएको हुँदा नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुद्वारा हस्ताक्षरित आज जारी गरिएको प्रेस विज्ञप्तीमा पिकअप चालक महोत्तरी जिल्ला बर्दीवास नगरपालिका वडा नम्वर ३ का ४२ बर्षिय सन्तोष मगर र सवारी धनी सर्लाही पर्सा गाउँपालिका वडा नम्वर ६ का ३८ बर्षिय सरोज भण्डारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा अबैध रुपमा भन्सार छलेर उक्त फुलको माला र कपडा भित्रयाइएको स्वीकार गरेको जनाइएको छ ।
करिव १२ लाख मूल्य बराबरको बरामद भएको फुलको मालालाई प्लान्ट क्वारेन्टाइनमा र कपडा, पिकअप भ्यान सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा जिम्मा लगाइएको डिएसपी थारुले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन