राजदेवीलाई ५२ रनले हराउदै गढीमाईले पनि विजयी सुरुआत गरे

   २८ फाल्गुन २०८०, सोमबार १४:१८  

रौतहट, २८ फागुन । पालिका कप २०८० अन्तर्गत सोमवार भएको पहिलो खेलमा राजदेवी नगरपालिकालाई ५२ रनले पराजित गर्दै गढीमाई नगरपालिकाको टिमले विजयी सुरुआत गरेका छन् ।
गौर राइस मिल्सको खेल मैदानमा रौतहट क्रिकेट संघद्धारा पहिला पटक आयोजित पालिका कप २०८० को तेश्रो दिनको पहिलो खेलमा गढीमाई नगरपालिकाको टिमले टस जितेर पहिलो ब्याटिंग गरेका थिए ।
ि नर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १४५ रन बनाउन सफल भएको थियो । १४६ रनको टार्गेट पुरा गर्न मैदानमा ओर्लिएका राजदेवी नगरपालिकाको टिम निर्धारित २० ओभरको खेलमा १७.५ ओभरमा सबै विकट गुमाएर मात्रै ९३ रन बनाउन सफल भए ।
गढीमाईका लागि दिलिप सहनी अविजित रहदै ५२ रन, संजयकुमार साह ४४ रन, नविनकुमार पटेल १३ र सुजित कुमार यादव १० रन बनाएर १४५ रनको योगफल तयार पारेका थिए । राजदेवीका रितेश यादवले चार ओभरमा ३५ रन खर्चिएर ४ विकेट, संजय यादवले चार ओभरमा ३० रन खर्चिएर २ विकेट लिए पनि आफनो टिमलाई हारबाट जोगाउन सकेनन् ।


आजको पहिलो खेलमा गढीमाईका ब्याटर दिलिप सहनीलाई म्यान अफ दि म्याचको पुरस्कार दिइएको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेलालले जानकारी दिए ।
आजै दोश्रो खेल इशनाथ र कटहरिया विच भईरहेका छन् । इशनाथले टस जितेर पहिलो ब्याटिंग गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै