पर्सा, २९ फागुन । ऋण काढेर भने अनुसारको दाइजो दिए तर विहे अघि बेहुलालाई सुनको सिक्री नदिदा विहे नै भाडियो, यो कस्तो समय आईसक्यो, विहे जस्तो पवित्र बन्धनलाई समेत मोलतोलमा हेर्ने २१ औं शताब्दीमा पनि तराई मधेशका जिल्लाहरुमा २० औं शताब्दीका परमपरा जिवितै रहेको विरगञ्जमा सोमवार राति घटित भएको एक घटनाले उजागर पारिदिएको छ ।
वेहुला पक्षले भने अनुसारको दाइजो दिने क्षमता नभएपनि केटी पक्षले छोरीको भविष्य राम्रो हुन्छ भनेर ऋण काढेर १२ लाख नगद, मोटरसाइकल वापत ३ लाख २५ हजार, एक थान ल्यापटप, सुनको अंगुठी एक थान, सुनको हनुमानी एक थान दिएर विवाह गर्न सहमती भएका थिए ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर २४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका २६ वर्षीय छोरा उमेश साहसँग फागुन २८ गते दिन तय भएकोे थियो ।
वेहुला साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखामा करारमा कम्प्युटर अपरेटरमा कार्यरत रहेका छन् । विवाहमण्डप बनिसकेको थियो, आफन्तहरु आइसेका थिए, सबै दुवै परिवारमा खुशीयाली छाएको थियो, वेहुली पक्षले जन्तिको भव्य तयारीमा जुटेका थिए ।
वेहुला सहितको जन्ति निर्धारित समयमै आएर नाँचगान गर्दै विहेको रष्महरु सुरु भए, खाजा पनि खाए जन्तिहरु, बारमाला पनि भएपछि विहेवारीको औपचारिक रुपमा प्रक्रियाहरु सुरु हुन लाग्दा बेहुला मण्डपमै सुनको सिक्री चाहियो भनेर हंगामा खडा गरे । अहिले सिक्री दिने हैसियत म संग छैन, पछि दिउला वेहुलीको वुवा सुखलले भन्दा समेत बेहुलाले मान्न तयार भएनन् । निकै अनुनय विनय गर्दा समेत वेहुला कसैको कुरा समेत नसुन्ने सिक्री नपाए विहे नै गर्दिन अडान राखेपछि दुबै पक्ष विच वादविवाद सुरु झड्पको अवस्था सृजना भएका थिए ।
साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल देखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिकडी नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप भएको सुखल बताए ।
झड्प हुनेक्रममा वेहुला भाग्न लाग्दा प्रहरीले बेहुला साह सहित ८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विवाह नभएपछि रमिताको आँसु रोकिएको छैन । स्थानीय केही व्यक्तिले सिकडी दिएर पनि बिहे गर्न सुझाव दिइरहेका थिए तर वेहुलीले भने विहे अघिनै यत्रो नाटक गर्ने बेहुला संग अब कुनै हालतमा विहे नगर्ने अडान राखेको बताइएको छ । दाइजोको लागि जेपनि गर्न सक्ने यस्तो लोभीपापी संग जीवन त के एक छिन बस्न नसक्ने बताएपछि उनका अभिभावकहरु पनि बेहुला पक्षको हर्कतलाई अब कानुनी कारवाही गराएर छाड्ने अडानमा बसेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य बारे बुझ्ने कार्य भईरहेको तथा दाइजोको कारण विहेवारी रोकिएकोमा पीडक बेहुला पक्षलाई कारवाही गरिने बताए । यदी वेहुली पक्षले जाहेरी दिएको खण्डमा दाइजो कसुरको मुद्दामा बेहुला पक्षमा हामी गम्भीर भएर कारवाही गर्छै यस्ता कार्य अन्य कुनैबाट नहोस भने सन्देश समेत प्रवाह हुने स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन