रौतहट, २९ फागुन । प्रतिबन्धित लागुऔषध गाँजा सहित रौतहट प्रहरीले एक जना युवकलार्य नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीद्धारा हस्ताक्षरित मंगलवार जारी गरिएको प्रेस नोटमा फागुन २७ गते राति ८ बजेको समयमा सिन्धुली देखि पौराई तर्फ आउदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा निजले बोकेको झालाबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर १ का ३७ बर्षिय बर्षिय साने भन्ने सन्त तामाङलाई १४ किलो ४ सय ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारी दिदै डिएसपी गिरीले लागु औक्षध सम्बन्धी कसुर मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन