प्रथम चन्द्रपुर वडाध्यक्ष फुटबल कपको उपाधी वडा नम्वर ३ ले चुमे

   २९ फाल्गुन २०८०, मंगलवार १५:०२  

रमेश तिमलसिना
चन्द्रपुर । चन्द्रपुर नगरपालिकामा सोमवार सम्पन्न भएको नगर स्तरीय वडाध्यक्ष फुटबल कपको उपाधि वाड नं. ३ ले चुम्न सफल भएका छन् ।
चन्द्रपुर नगरपालिका वाड नम्वर ४ को आयोजनामा भएको फाइनल खेलमा वडा नम्वर ५ लाइ हराउदै वडा नम्वर ३ ले उपाधी चुम्न सफल भएका हुन् । खेलको समयभरी दुबै टिमले गोल गर्न नसकेपछि ट्राइबेकरमा वडा नम्बर ३ ले ५ को टिमलाइ हराएक थिए । ट्राइबेकरमा वडा नम्वर ३ ले ५ गोल गरेको थियो भने वडा नम्वर ५ ले ४ गोल गर्दा उपाधी हात पर्नबाट बंचित रहेको थियो ।
बिजेता वडा नम्वर ३ ले नगद ३० हजार र ट्राफी हात पारेको छ भने उपबिजेता वडा नम्वर ५ ले नगद २० हजार र ट्रफीमै चित्त बुझानु परेको बताइएको छ ।
विजेतालाई पुरस्कार बितरण गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले यसप्रकारको प्रतिष्पर्धात्मक खेलबाट आपसी सदभाब बढाउनुको साथै खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । चन्द्रपुरमा फुटबल खेलको विकासको लागि आफुबाट हुने सक्दो सहयोग गदै आएको बताए ।
वडाध्यक्ष फुटबल कपको उत्कृष्ठ खेलाडी वडा नम्वर ३ टिमका रुपेश धामीले हात पारे । धामीले नगद ५ हजार सहित ट्रफी पाए । यसैगरी उत्कृष्ठ फर्वाडमा. ३ कै जर्सी नं. १० का सरोज लामाले नगद ३ हजार सहित ट्रफी र उत्कृष्ठ गोल रक्षकमा ३ का निरज धामीले नगद ३ हजार सहित ट्रफी पाए ।
यसैगरी वडा नम्वर ५ को टिमबाट उत्कृष्ट मिड फिल्डरमा सुरेश पौडेलले नगद ३ हजार सहित ट्रफि र उत्कृष्ठ डिफेन्डरमा बिष्णु कार्कीले नगद ३ हजार सहित ट्रफी पाएको आयोजक समितिले जनाएको छ ।
बिजेता र उप बिजेता टिमलाई नगर प्रमुख काफलेले पुरस्कार बितरण गरेका थिए । उक्त वडाध्यक्ष फुटबल कपमा चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुको १० वटा टिम सहभागी भएको थियो ।
समापन कार्यक्रम आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । वडा अध्यक्ष राना मगरले खेललाई भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गरे । रौतहट मै पहिलो पटक भएको वडाध्यक्ष कप पुर्ण रुपमा सफल भएको उहाको भनाइ रहेको थियो ।
वडा नम्वर ४ ले खेल क्षेत्रको बिकासको लागि काम गदै आएको बताउदैै वडा अध्यक्ष राना मगरले यस वडाध्यक्ष कप प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शुशिल आचार्य, अखिल नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, चन्द्रपुर नगरपालिकाका वाड नं. ५ का वडाध्यक्ष निलहरी कोइराला, वडाध्यक्ष दुत्त बहादुर थिङ, वडाध्यक्ष बोधनाथ देबकोटा, वडाध्यक्ष सहदेब केसी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै