रौतहट, २९ फागुन । पालिका कप २०८० को पहिलो संस्करण अन्तर्गत मंगलवार भएको खेलमा गौरले मौलापुरलाई तथा यमुनामाईले परोहालाई हराएका छन् ।
रौतहटका पालिकाहरुको सहयोगमा तथा रौतहट क्रिकेट संघको आयोजनामा गौरको राइस मिल्समा संचालित पालिका कप २०८० अन्तर्गत आज भएको दोश्रो खेलमा गौर नगरपालिकाको टिमले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १६० रनको योगफल तयार गरेका थिए ।

गौरका लागि क्याप्टेन सन्नी साहले ६० बलमा ८ चौका ७ छक्काको मद्दतले अविजित रहदै १०७ रन बनाएको थियो । राज पटेल १७, रबी साहले २१ रनको योग्दान आफना टिमलाई दिएका थिए ।
प्रतिउत्तरमा मौलापुर नगरपालिकाको टिम १६१ रनको लक्ष्य पुरा गर्न मैदानमा ओर्लिदा सुरुमा राम्रो प्रदर्शन गरेपनि अन्तिममा १२४ रनमा सिमित रहदै ३६ रनले हार बेहोर्न बाध्य भए । मौलापुरको ओपनिंग साझेदार ५१ भएको थियो । त्यसपछि विकेट खस्ने क्रम सुरु भए २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन मात्रै बनाउन सके । रोहित ठाकुर ३१ र रुपलाल यादवले २३, राधेश्याम पटेलले २१ रन बनाएको थियो ।
गौरका लागि आशिक साहले ३, सितेश तिवारी र रेहान जाकिरले क्रमश २ विकेट, सन्नी साह र राजकुमार चौधरीले क्रमश एक एक विकेट लिएर आफना टिमलाई विजयी बनाएको रौतहट क्रिकेट संघले जनाएको छ । आजको खेलमा म्यान अफ दि म्याच सन्नी साह भए ।

यस्तै आजै भएको पहिलो खेलमा यमुनामाईले पराहालाई ८ विकेटले हराउदै विजयी सुरुआत गरे ।
टस जितेर यमुनामाईले परोहालाई ब्याटिंग गर्न आमन्त्रण गरेका थिए । परोहाले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका यमुनामाईले ११.२ ओभरमा दुई विकेट गुमाउदै ८५ रन बनाएर विजयी सुरुआत गरेको रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेवालले बताए ।
यमुनामाईका लागि अयान मुखिया अविजित रहदै ३३ बलमा ३१ रन, प्रिन्स झाले १२ बलमा १७ रन, अरसद आलमले १२ बलमा १५ रन तथा अविजित रहदै डब्लु मल्लिकले १२ बलमा १७ रन बनाएर आफनो टिमलाई पहिलो जित हारे पार्न मद्दत गरेका थिए । परोहाका विरालाल महतो र महम्मद जमालले क्रमश एक एक विकेट मात्रै लिए । यमुनमाईको तर्फबाट रेहान आलमले ३.३ ओभरमा एक मेडन राख्दै १० रन दिएर ३ विकेट लिएकोमा आज उनलाई म्यान अफ दि म्याचको पुरस्कार दिइएको रौतहट क्रिकेट संघले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन