मधानी महायज्ञ महोत्सव २०८० मा भएको खर्च विवरण सार्वजनिक गरे मौलापुर नगरपालिकाले

82 Shares

विकास र सेवासुविधाको क्षेत्रमा मात्रै सिमित नभई पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा मौलापुर नगरपालिका अब्बल रहेकोः प्रप्रअ रामबाबु साह

रौतहट, २९ फागुन । पतौरा पुरातात्विक महादेव मन्दीरलाई विश्व सम्पदा सूचीमा लिपिबद्ध गराउने उदेश्यबाट रौतहट मौलापुर नगरपालिकामा सम्पन्न भएको मधानी महायज्ञ गर्नमा भएको खर्चको विवरण मंगलवार मौलापुर नगरपालिकाले सार्वजनिक गरेका छन् ।
मौलापुर नगरपालिकाको वडा नम्वर ५ पतौरामा सयौं बर्ष अघिका पुरातात्विक महादेव मन्दीरलाई विश्व प्रसिद्ध बनाउने उक्त क्षेत्रका साँसद प्रभु साहको प्रेरणाबाट संकल्पित भई २०७५ साल देखि उक्त महादेव मन्दीरमा प्रत्येक शिवरात्रीको समयमा मधानी महायज्ञ हुदै आएका हुन् ।
सोही क्रममा यसपाली पनि सभ्य एवं भव्य रुपमा देवाधीदेव एवं हामी सबैको अराध्य देव भगवान शिवशंकर र माता पार्वतीको विहेवारी भएको दिनमा मधानी महायज्ञ महोत्सवको आयोजना गरियो । जसमा शिवको जन्ती, महायज्ञको उदघाटन, बलिउड सुपरस्टार गोविन्दा अहुजा देखि लिएर भोजपुरी जगतका प्रसिद्ध कलाकार विनयविहारी, नेपाली कलाकार पल साह, सुनिल पंडित सहितका दर्जनौं नेपाली तथा भारतीय कलाकारहरुले आ आफना साँगितिक कार्यक्रम प्रस्तुतीको माध्यमबाट मौलापुरलाई आफूतिर आकर्षित बनाएका थिए ।
त्यती मात्रै नभई भारतको लागि ओलम्पिकमा स्वर्णपदक विजेता बबिता फोगाटलाई बोलाएर अन्तरराष्ट्रिय स्तरको दंगल प्रतियोगिता संगै महोत्सव समापन भएको मौलापुर नगरपालिकाको नगरप्रमुख रीनाकुमारी साहले बताइन् । महोत्सवमा व्यापार विजनेस गर्नेहरु तथा विभिन्न खेलतमासाहरु देखाउनेहरुलाई पूर्ण रुपमा कर छुट दिएको उनले भनिन ।
मधानी महायज्ञ महोत्सव २०८० फागुन २२ बाट सुरु भई २६ सम्म पाँच दिनमा भएको खर्चको हिसाव कितावलाई पहिलो पटक मौलापुर नगरपालिकाले सार्वजनिक गर्दै सामाजिक कार्यहरुमा सरकारी पैसाको दुरुपयोग नहोस भन्दै आर्थिक विवरणलाई पार्दर्शी बनाउन मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले आज सार्वजनिक गरेका छन् ।
महायज्ञ सम्पन्न गर्नमा ७३ लाख २५ हजार रुपैया खर्च भएको जानकारी गराउदै प्रमुख प्रशासकीय अधिकृत साहल नगरपालिकाले विनियोजित गरेको ६० लाखको अनुमानित रकम रहेका थिए तर सो भन्दा बढि १३ लाख खर्च भएको बताए ।
महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरी, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता, बाबाधामको मुल पुजारीहरु र संस्कृत बिश्व विद्यालयको आचार्यहरुले मन्दिरमा पुजा गराए साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा थियो र बिभीन्न शिव मण्डली सहितको शिवलिला प्रदर्शन रहेको अधिकृत साहले भने ।
दुनियालाई तरंगित गर्ने यस्तो बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको प्रशासकीय अधिकृत साहले भने । सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य भएको स्थानीयहरु खुलेर प्रशंसा गरिरहेको उनले भने ।
मौलापुर नगरपालिका विकास र सेवासुविधामा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात रहेको उनले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।