रौतहट, ३० फागुन । रौतहट सदरमुकाम गौरमा जारी रहेका पालिका कप २०८० को पहिलो संस्करणमा यमुनामाईको दबदबा जारी रहेका छन् ।
बुधवार भएको दोश्रो खेलमा यमुनामाईले वृन्दाबनलाई ६२ रनले हराउदै आफनो ग्रुपको शिर्ष स्थानमा उक्लिएका हुन् । राईस मिल्सको खेल मैदानमा टस जितेर पहिलो ब्याटिंग गरेका यमुनामाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएका थिए । यमुनामाईको लागि डब्लु मल्लिकले ५२ बलमा १२ चौका र दुई छक्काको मद्दतबाट सर्वाधिक ९५ रन बनाए, अयान मुखिया २४, प्रिन्स झा २३, जितेन्द्र मुखिया १३ रन बनाएर आफनो टिमको १७१ रनको सम्मानजक स्कोर खडा गरेका थिए ।
प्रतिउत्तरमा मैदानमा ओर्लिंएका वृन्दावनका टिमले १७ ओभरमा सबै विकेट गुमाएर मात्रै १०९ रन बनाउन सकेको थियो । वृन्दावनका लागि सचिन्द्र यादव २९, मनोज पटेल २६, मुकेश राम १५, अरुण यादव १२, राहुल मिश्राले १० रन बनाएपनि अन्य खेलाडी दोहोरो अंकमा पुग्न नसक्दा वृन्दाबनले ६२ रनको हार बेहोर्नु परेको रौतहट क्रिकेट संघले जनाएको छ ।
यमुनामाईको तर्फबाट डब्लु मल्लिकले ४ ओभरमा १२ रन दिएर ३ विकेट, जितेन्द्र मुखिया २ ओभरमा ८ रन दिएर ४ विकेट, रंजित मुखिया ४ ओभरमा २० रन दिई २ विकेट र जेनिस मुखियाले २ ओभरमा १५ रन दिई एक विकेट लिएर वृन्दावनलाई धरापमा पारेको थियो । यस्तै वृन्दावनका लागि इमराजुल मन्सुरीले ४ ओभरमा २२ रन दिई २ विकेट, मुकेश राम, मुजिबुर रहमान र सुजित पटेल क्रमशः एक एक विकेट लिएको थियो ।
आजको म्याचमा उत्कृष्ट ब्याट र बलबाट प्रदर्शन गरेका डब्लु मल्लिकलाई म्यान अफ दि म्याचको पुरस्कार दिइएको रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) ले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन