गरुडा (रौतहट), १ चैत । रौतहटको गरुडा नगरपालिकामा मापदण्ड विपरित तथा गैरकानुनी रुपमा संचालनमा रहेका नीजि होस्पिटलहरुले उपचारको नाउँमा विरामीहरुको ढाँड सेक्ने कार्य गरिरहदा पनि स्थानीय सरकार देखि लिएर संघिय सरकारका प्रतिनिधिहरु मुकदर्शक बनेपछि स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरु संस्थागत रुप लिदै गएका छन् ।
गरुडा नगरपालिकामा संचालनमा रहेका १३ वटा नीजि होस्पिटलहरु मध्ये दुई वटाले मात्रै नविकरण गरेको हुन् । अन्य ११ वटा नीजि होस्पिटलहरुले अहिले सम्म नविकरण विना नै गैरकानुनी रुपमा मापदण्ड विपरित संचालन गरेर सर्वसाधारण विरामीहरुको ढाँड सेक्ने कार्य गरिरहदा पनि सम्बध निकाय मुकदर्शक बन्दा स्वास्थ्य क्षेत्रमा देखिउका विकृतिहरु स.स्थागत रुप लिदै गएका हुन् ।
आनन्द पोलिक्लीनिक एक्युपंचर संचालन गर्न २०७३ साल साउन १९ गते स्वीकृति जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट लिएर २०७६ फागुन १३ नविकरण गराएका थिए । पोलिक्लीनिकको आडमा उमेश प्रसाद जयसवाले आनन्द होस्पिटल प्राली मापदण्ड विपरित, गैरकानुनी तवरबाट विना इजाजत संचालन गरेर विरामीहरु संग दैनिक रुपमा लाखौं लाखको ठगि कार्य गर्दै आएका छन् ।
त्यती मात्रै नभई पोलिक्लीनिकले बेड (सैंया) राख्न पाउदैनन् तर जयसवालले ६० वटा भन्दा बढि सैंया राखेको त्यस बाहेक मैट्रेस राखेर भुइमै विरामीहरुलाई उपचारको बहानामा लाखौं लाख रकम लुटिदै आएको कतिपटक सम्बध निकायलाई ध्यानाकर्षण गराएपनि आर्थिक चलखेलको आधारमा अहिले सम्म संचालक जोगिदै आएको गम्भीर आरोप स्थानीयहहरुले लगाए ।
गरुडा नगरपालिका श्रोतका अनुसार गैरकानुनी रुपमा संचालन गरेका जयसवालले नगरपालिकामा दैनिक रुपमा इजाजतको लागि धाईरहेको छ । तर नगरपालिकाले अहिले सम्म उनको निवेदन समेत लिन मानेका छैनन् ति श्रोतले भने । संचालक जयसवालले जिल्ला स्तरिय उच्च पदस्थ निकायहरुमा मिलाउनका लागि धाईरहेको बताइएको छ । यसरी मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका नीजि होस्पिटलहरु माथि कडा भन्दा कडा कारवाही गर्न सम्बध निकाय संग सर्वसाधारणहरु माग उठाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन