काठमाडौको सिडिओमा गोबिन्द रिजाल

   २२ भाद्र २०७८, मंगलवार १७:०९  

तराई टप संवाददाता
काठमाडौं, २२ भदौ । काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी मा गोबिन्द रिजालको सरुवा भएको छ ।
गृह मन्त्रालयमा रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुखको रुपमा कार्यरत रहनु भएका रिजलालाई काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीमा उनलाई पदस्थापन गर्दै सरुवा गरिएको हो ।
गृह मन्त्रालयले काठमाडौंको प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको स्थानमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको छ । पराजुली प्रदेश जाने भएसंगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको गृह प्रशासन श्रोतबाट बुझिएको छ ।
काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनु भएका रिजाल सल्यान, कैलाली, रौतहट, दाँग, मकवानपुर लगायत देशका ठूल ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली त्यहाँको समस्याहरु समाधान गरी महारथ हासिल गरेको तथा गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकको रुपमा ख्याती पाएका व्यक्ति हुनुहुन्छ ।
प्रजिअको रुपमा रिजाल सबै भन्दा लामो समय कैलालीमा २३ महिला र दाँगमा २२ महिना भन्दा बढि बसिसक्नु भएको तथा रौतहट मकवानपुर जस्तो जिल्लामा पाएको ख्यातीलाई मध्यनजर राख्दै गृह मन्त्रालयले काठमाडौ जिल्लाको सिडिओ बनाएको गृह मन्त्रालय श्रोतको दाबी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै