जोश, जाँगर तथा इच्छाशक्ति भएमा असम्भवलाई सम्भव बनाउन सकिन्छः नगरप्रमुख शम्भु साह

   ३ चैत्र २०८०, शनिबार ०९:५८  

रौतहट, ३ चैत । साधन श्रोत नभएपनि नेतृत्वकर्तामा जोश, जाँगर तथा इच्छाशक्ति भएमा हरेक निरश स्थानलाई विकसित गर्न सकिन्छ, त्यसैको ज्वलन्त उदाहरण स्वरुप हो गौर नगरपालिका ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को टिकटबाट गौर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएदेखि नै शम्भु साहले निर्वाचनको समयमा गरेका वाचाहरु मध्ये अधिकाँश कार्यहरुलाई सुचारु गराएर अघि बढेर नगरवासीको इच्छा आकाँक्षा माथि खरो उत्रिने प्रयासमा प्रयत्नशिल रहेकाका कारण आज सिंगो मुलुकमा गौर नगरवासीको शिरलाई सगरमाथाको चोटी रहर उभ्याउन सफल भएका छन् ।
मुलुक भरीमै नगरपालकाहरु मध्ये गौर नगरपालिका समाजिक उत्तरदायित्वको क्षेत्रमा उत्कृष्ट काम गरेकोमा नगरप्रमुख शम्भु साहलाई एक कार्यक्रमका विच संघिय राजधानी काठमाडौंमा सम्मानित गर्दै सम्मान पत्र प्रदान गरिएका हुन् ।
नेपाल नगरपालिका संघको ३१ औं बार्षिकोत्सवको क्रममा संघिय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गौर नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएका थिए ।
साह गौरमा निर्वाचित हुनु अघि विकास निर्माणको कार्य भएको थिएनन् । शहरी विकासको काम बाहेक अन्य कुनै ठोस विकासहरु नभएको अवस्थामा जनताहरु संग गरेका वाचाहरुलाई पुरा गर्दै झुलुंगे पुल, सामुदायिक भवन, विवाह भवन, विपी चोकमा घण्टाघर, बाटोघाटो, पोखरी सौन्दयीकरण, आन्तरिक पर्यटनलाई टेवा पुग्ने गरी बोटिंगको व्यवस्थापन, सहित दर्जनौ कार्यहरु गरेर समाजिक उत्तरदायीत्वका कार्यहरु पुरा गर्नमा खरो उत्रिने प्रयासमा अहिले सम्म नगरप्रमुख साह सफल भएको देखिन्छ ।
गत वर्ष गौर नगरपािलका मधेश प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित भएको थियो ।
नगरबासीको पक्षमा निरन्तर काम गरेको तथा नगरवासीको सहयोगले नगरपालिकाले सम्मान पाएको थियो ।
यस सम्बन्धमा नगरप्रमुख शम्भु साहले विगतकै संरचनामा रहेका कर्मचारीहरुलाई परिचालन गराएर विकासको काम देखि लिएर जनताहरुको गाँस बास कपासको लागि उपयोगि कार्यनीतिहरु बनाएर त्यसलाई कार्यान्वयन गराउन चाहिने आवश्यक बजेट प्रदेश र संघबाट ल्याएर पुरा गराउदै आएको तथा उक्त कार्यहरुमा नगरपालिकाको टिमका कामको स्प्रीट र नगरवासीहरुको साथ सहयोगको कारण गौर नगरपालिकालाई आज नेपालमा समाजिक उत्तरदायित्वको क्षेत्रमा यहाँ सम्म पुर्याउनमा साथ दिने कर्मचार सहित सम्पूर्ण नगरवासीलाई धन्यवाद दिदै आउदो समयमा यसरी साथ सहयोग गर्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै