चितवन, ४ चैत । गौरबाट पोखरा तर्फ जाँदै गरेका यात्रुबाहक बस नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
चितवनको ईच्छाकामना गाउँ पालिका वडा नम्बर ६ जलवीरे स्थित नारायणगढ मुग्लिन सडक खण्डमा रौतहटको गौरबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसमा सवार भारत विहार राज्य को पूर्वी चम्पारण मोतिहारी बस्ने वर्ष ३७ को गौरी दासको दुर्घटनामा मृत्यु भएको छ ।
उनको उपचारका क्रममा भरतपुर ल्याउने क्रममा बाटो मै मृत्यु भएको बताएको छ । दुर्घटना पछि बसका चालक जिल्ला नवलपरासी सुस्ता पुर्वे कावासोती नपा १४ बस्ने वर्ष ३९ को लक्ष्मण गुरुङ प्नहरीको नियन्त्रणमा लिएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक वीरगन्जका ३३ वर्षे हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नपा मिलन चोक बस्ने वर्ष २५ कि पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने वर्ष ३२ को अम्बर नाथ कुमार र भारत विहार राज्य मुजफ्फरपुर जिल्ला बस्ने वर्ष ३९ कि रिता गुप्ता छन् । घाइतेको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन