zoom app meeting id download zoom meeting app download for windows 10 64 download free zoom app for windows 10 zoom installation pc - zoom installation pc zoom app is not secure zoom login with sso - zoom zoom download for windows filehippo zoom pcf-6 protective case

स्थानीय तहका ८७ जना जनप्रतिनिधिले लोसपा र ८४ जना एकीकृत समाजवादी पार्टीलाई रोजे

   २३ भाद्र २०७८, बुधबार ०८:२२  

 

तराई टप संवाददाता
रौतहट, २३ गते । निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिलाई पार्टी रोज्न दिएको समय सिमा मंगलवार सकिएको छ ।
उक्त समय सिमा भित्र रौतहटको १८ स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित भएका ८४ जना जनप्रतिनिधिहरुले नव गठित नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको हो । गत भदौं १५ गते देखि लिएर २२ गते सम्ममा जिल्ला निर्वाचन कार्यालय गौरमा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन कार्यालय श्रोतबाट बुझिएका छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका ८७ जना जनप्रतिनिधिहरु महन्ठ ठाकुरको अध्यक्षतामा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको बताइएको छ । गौर नगरपालिकामा जसपाबाट निर्वाचित ३६ जना जनप्रतिनिधिहरु मध्ये ३२ जना लोसपामा रहने गरी जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् । तर गौर नगरपालिकाको उप मेयर किरण ठाकुर जसपामै रहने बुझिएको छ । जिल्ला निर्वाचन कार्यालय गौरमा जनप्रतिनिधीहरुले दल रोज्ने वा सनाखत गर्ने काम मंगलवार सकिएको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए । यस कार्यालयमा उपस्थित भएर सनाखत गर्नेहरुको सुचि निर्वाचन आयोगमा पठाउने तयारी भईरहेको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै