रौतहट, ६ चैत । पालिका कप २०८० पहिलो संस्करण अन्तर्गत मंगलवार भएको दोश्रो चरणको पहिलो खेलमा कटहरियालाई ६४ रनको फराकिलो अन्तरबाट हराउदै विजयी सुरुआत गरेका छन् ।
गौर राइस मिल्सको खेल मैदानमा संचालित पालिका कप अन्तर्गतको दोश्रो चरणको पहिलो खेलमा गौरले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रनको योगफल तयार पारेका थिए । प्रतिउत्तरमा कटहरिया क्रिकेट टिमले १८.४ ओभरमा अलआउट हुँदै मात्रै ८४ रन बनाउदै हार बेहोरे ।
गौरका लागि सितेश तिवारीले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतबाट नटआउट रहदै ५१ रन बनाएका थिए । सुन्नी साह २४, राज पटेल १६, करण साह १५, रवी साह १४ र विवेक साह १० रन बनाएको थियो ।
कटहरियाका नरेश साह २८ र अशलम नशरे १० बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेन । गौरका अलराउण्डर सितेश तिवारीले तिन ओभरमा १४ रन दिई ३ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याच घोषित गरिएको रौतहट क्रिकेट संघका मिडिया कोडिनेटर प्रविण टिब्डेवालले जानकारी दिए ।
आजै दोश्रो म्याच माधवनारायण र दुर्गा भगवती विच भईरहेको छ । टस जितेर पहिलो ब्याटिंग गरिरहेको माधवनारायणले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रनको विशाल स्कोर खडा गरेका छन् । माधवनारायणको लागि क्याप्टेन सचिन यादव आफ सेन्चुरी लगाएका छन् ।
दुर्गा भगवतीलाई जितको लागि १८५ रनको टार्गेट माधवनारायणले पेश गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन