माधवनारायण नगरपालिकाको टिम ७४ रनबाट विजयी

68 Shares

रौतहट, ६ चैत । पालिका कप मा मंगलवार सम्पन्न भएको दोश्रो खेलमा फराकिलो रनबाट दुर्गा भगवतीलाई माधवनारायण नगरपालिकाले हराएका छन् ।
दोश्रो चरण अन्तर्गत आज दिउँस भएको खेलमा माधवनारायण नगरपालिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रनको विशाल स्कोर खडा गरेका थिए ।
पालिका कपमा अहिले सम्मकै उच्चतम स्कोर बनाएर ईतिहास माधवनारायणले रच्दै दुर्गा भगवती समक्ष १८६ रनको विशाल टार्गट दिएको थियो । जसमा माधवनारायणको क्याप्टेनको भुमिका निकै महत्त्वपूर्ण थियो । जवाफी ब्याटिङमा दुर्गा भगवतीले १११ रनमै अलआउट भइ ७४ रनबाट हार बेहोर्न बाध्य भए ।
क्याप्टेन सचिन यादवले ५२ बलमा ६ चौका ४ छक्काको मद्दतले सर्वाधिक ७७ रन बनाए, चन्दन ठाकुर २०, विवेक सहनी १८, रणविर यादव ११ रन बनाएको थियो ।
दुर्गा भगवती का जगरनाथ दासले २० बलमा २ चोका २ छक्काको मद्दतले ३१ रन, रितिक गुप्ताले २३ बलमा २ चौका १ छक्काको मद्दतले २८ रन, विक्रम साह ११ र सन्दिप साह १० रन बनाएका थिए ।
दुर्गा भगवतीका आशिक झा ४ ओभरमा २३ दिई ३ विकेट, आदित्य झा ४ ओभरमा ३९ रन दिई २ विकेट, विक्रम साह र यश गुप्ताले एक एक विकेट लिएको थियो । माधवनारायणका नितेश यादवले ४ ओभरमा ११ रन दिई ४ विकेट, दिपेन्द्र साह ३ ओभरमा १ मेडन राख्दै २२ रन दिई ३ विकेट, सचिन यादव ४ ओभरमा २४ रन दिई १ विकेट र चन्दन ठाकुरले १ विकेट लिदै ७४ रनको विशाल जित हात परे ।
आजको खेलमा ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गरेका माधवनारायणका क्याप्टेन सचिन यादवलाई म्यान अफ दि म्याचको पुरस्कारले सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।