install zoom client for all users - install zoom client for all users instructions on joining a zoom meeting - instructions on joining a zoom meeting zoom can't download zoom client for pc - zoom client for pc sfsu zoom download

३ बर्षमा सम्पन्न हुने समनपुरको पुल ९ बर्षमा पनि पुरा भएन

   २३ भाद्र २०७८, बुधबार ०९:०४  

तराई टप संवाददाता
समनपुर (रौतहट), २३ भदौ । रौतहट र सर्लाही जिल्लालाई जोड्न विगत ९ बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको पक्कि पुलको निर्माण कार्य अन्तिम चरमा रहेको छ ।
नेपाल सरकारको तत्कालिन भौतिक योजना निर्माण मन्त्री विमलेन्द्र निधिले २०६९ साल असार २६ गते रौतहटको समनपुर र सर्लाहीको हजरिया हुँदै बरथवालाई जोड्न वागमती नदीमा पक्कि पुलको शिलान्यास गरेका थिए । एलाईट कन्सट्रक्सन काठमाण्डौले उक्त पुल बनाउन ३२ कराड ७६ लाख ११ हजारमा ६ सय मिटर लम्बाई भएको डबल लेन पाइल फाउन्डेसनमा २०७२ साल असार मसान्त भित्र निर्माण सम्पन्न गर्न गर्न सम्झौता गरेका थिए ।
तर उक्त कम्पनीले विभिन्न चरणमा विभिन्न बहानाहरु देखाउदै कछुवा गतिमा पुलको निर्माण गर्दा तिन बर्षमा सम्पन्न हुने पुल निर्माणकालको ९ बर्ष चलिरहदा मात्रै ८५ प्रतिशत कार्य सम्पन्न भएको प्रति स्थानीय जनताहरु निर्माण कम्पनी देखि लिएर सम्बन्धित निकाय प्रति गुनासो व्यक्त गरे ।
पुर्व पश्चिम राजमार्ग पछि दुवै जिल्लाको ग्रामिण भेगलाई जोड्न सडक मार्गबाट व्यापारलाई बढावा दिनुका साथै विकासको गतिमा अघि बढाउनु उद्देश्यबाट निर्माण सुरु भएपनि निर्माण कम्पनीको बदमाशी एवं सम्बन्धित निकायको लापरवाहीको कारण निर्धारित समयमा पुल बन्न नसक्दा यस भेगका जनताहरुलाई निकै सास्ती खेप्नु परेको स्थानीय समनपुरको बासिन्दा एवं समाजसेवी दिपु साहले बताए ।
रौतहट सर्लाही जोड्ने मुख्य पुलको रुपमा रहेको वागमती पुल तत्काल निर्माण कार्य सम्पन्न गर्न पुर्वी क्षेत्र नम्वर १ योजना कार्यालय धरानले पटक पटक लिखित तथा मौखिक पत्राचार गरेपछि निर्माण कम्पनीले अहिले सम्म ८५ प्रतिशत निर्माण सम्पन्न गर्न सकेको उनले गुनासो गरे ।
पुलको पूवं तथा पश्चिम तर्फ ५ सय मिटरको प्रोटेक्सन वाल तथा एप्रोच सडक अझै बन्न सकेको छैनन । गत महिनाको बाढीले पुलको दुवै तर्फ कटान गर्न थालेपछि गढीमाई नगरपालिकाले आफनो तिस लाखको लगानीमा ग्रेभल सडक र प्रोटेक्सन गरेपछि कटान रोकिएको तथा पुलबाट पैदल तथा मोटरसाइकल यात्रीलाई आवागन गर्न सजिलो भएको गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै