सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको उदघाटन

1648 Shares

रौतहट, २७ असोज । रौतहटको बौधिमाई नगरपालिकामा दक्ष चिकित्सक कर्मचारी सहित अत्याधुनिक सेवा सुविधा सहितको निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवन मंगलवार एक कार्यक्रमको विच मेयर राजिव रंजन यादवले उदघाटन गरेका छन् ।
प्रदेश सभा (ख) अन्तर्गत पर्ने बौधिमाई नगरपालिकाको वडा नं ५ कोपवा टोलमा मंगलबार एक कार्यक्रम विच स्वास्थ्य चौकी भवनको उदघाटन गर्दै मेयर यादवले मानव जीवनको आधारभुत आवश्यक्ता मध्ये स्वास्थ्य प्रमुख आवश्यक्ताको रुपमा रहेको हुँदा बौधी माई नगरपालिका क्षेत्र स्वास्थ्यको दृष्टिकोर्णबाट धेरै पछि परेको हँुदा सोको आमुल परिवर्तनमा हामी लागि परेको छौं उनले भने ।
कृषि उत्पादनमा किसानको आवश्यक हुने र मानिसको शरिरको हेरचाहका लागी प्रत्येक गाउँमा स्वास्थ्यकर्मी सहितको अस्पताल हुन अत्यन्त आवश्यक रहेको यादवको दावी रहेको छ । सो क्षेत्रका नागरिकहरुले बर्षौ देखि भोग्नु परिरहेको स्वास्थ्य समस्या सधैको लागि अन्त्य भएको उनले बताए । नगर स्तरीय विकास योजना अन्र्तगत सो स्वास्थ्य चौकी निर्माण गरी मंगलबार भवनको सो भवनको उद्धघाटन गरिएको हो ।
स्वास्थ्य चौकी भवन उद्धघाटन कार्यक्रममा राकेश यादव, बौधिमाई नगरपालिका—६ पिपरियाको वडा अध्यक्ष हृदयनारायन यादव र बौधिमाइ नगरपालिका—५ को वडा अध्यक्ष बिजुली राय यादवको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार