zoom installer for windows 10 free download - zoom installer for windows 10 free download zoom cloud meeting for windows download zoom registration not showing zoom cloud meetings free download kodak 3x optical zoom download zoom meeting app download for pc windows 10 - zoom meeting app download for pc windows 10 amazon fire zoom app

राज्यले किसानलाई बेवास्ता गरिएकोमा आइटी किसान संघर्ष समितिको प्रदर्शन

   २३ भाद्र २०७८, बुधबार २०:५१  

तराई टप संवाददाता
रौतहट, २३ भदौं । तराई मधेशको जिल्लामा कृषि उपजको लागि प्रख्यात रहेपनि यहाँका किसानहरुलाई राज्यबाट समयमा विउ विजन लगाउत त्यसमा छर्न रासायनिक मलको चमर अभाव वारे कुनै वास्ता नगर्दा राज्य विरुद्ध किसानहरु बुधवार रौतहटमा प्रदर्शन गरेका छन् ।
किसान खेतमा यतिवेला धानबालि लागेको छ तर उनीहरुले उक्त धानवालीमा छर्न आवश्यक पर्ने रासायनिक मलको चरम अभावमा धान बाली राम्ररी फस्टाउन नसक्ने भएपछि राज्य विरुद्ध यहाँका किसानहरु आज आन्दान गरेका हुन् ।
रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानुनी झन्झटको सामना गर्नु परेको किसानहरुको पिडा छ । बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माँग गर्दै किसानहरुले प्रर्दशन गरेका छन ।
सरकारले किसानहरुको समस्याहरुको बारेमा ध्यान नदिदा दिनानु दिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वर शक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए । नेपालमा उपलब्ध नभएपछि किसानले भारतीय क्षेत्रबाट ल्याएका मलखादहरु पनि सिमाक्षेत्रमा सुरक्षाकर्मीले खोस्ने गरेको पिडाबाट यतिखेर रौतहटका किसानहरु पिल्सिएको निवर्तमान प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले बताए ।
किसानका समस्या सम्बन्धमा केन्द्र र प्रदेश सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे । सरकारले कृषि यन्त्रमा पनि राजश्व लगाएका कारण नेपाली बजारमा किसानले खेतीमा प्रयोग गर्ने ट्रयाक्टर महङ्गोमा किन्नु पर्ने तथा बैंकहरुले पनि किसानलाई कर्जा प्रवाह गर्नमा अनिच्छा देखाएका कारण किसानको पेशानै संकटमा परेको कुशवाहाले बताए ।
किसानहरुले आन्दोलनको पहिलो दिन आज रौतहटमा कृषियन्त्र सहित प्रर्दशन गरेका छन भने अन्य चरणका कार्यक्रमहरु गर्दै जाने आइटि किसान संर्घष समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै