ठगी गरेको आरोपमा एपसपी गौरव भन्ने शंकर पहाडी पक्राउ

   ८ चैत्र २०८०, बिहीबार १४:५३  

सर्लाही, ८ चैत । ठगी गरेको आरोपमा सर्लाहीको लालबन्दीबाट एसपी गौरव भन्ने शंकर पहाडीलाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
मोटरसाइकल विक्री गरेपनि कागजातहरु नदिई पैसा ठगेको आरोपमा सर्लाहीमा रहेर केही बर्ष देखि पत्रकारिता गर्दै आएका एसपी गौरव भन्ने पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा भनिएका हुन् ।
सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्वर १० घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर ६ स्थित जनवादी चोकमा डेरा गरेर बस्दै आएका ३२ बर्षिय पहाडीले बा. २७ प. २९५३ नम्वरको मोटरसाइकल ५० हजारमा विक्री गरेपनि उक्त मोटरसाइकलको सवारी दर्ता किताव एक हप्ता पछि ल्याइ दिन्छु र सम्बन्धित निकायमा गएर नामसारी गराई दिने भनेर वेपत्ता भएका थिए ।
निजले उक्त मोटरसाईकलको सवारी दर्ता किताब सम्बन्धित व्यक्तिलाई नदिएको र उक्त मोटरसाईकल समेत निजको नाममा दर्ता नगरेकोमा एसपी गौरब भन्ने शंकर पहाडीले झुक्याई ५० हजार रुपैयाँ ठगी गरेको भनेर जिल्ला अदालत मलंगवाले भदौं १३ गते जारी गरेको पक्राउ पुर्जीको आधारमा बुधवार विहान लालबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सलाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
पक्राउ परेका एसपी गौरव भन्ने शंकर पहाडीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
एसपी गौरवले राष्ट्रिय समाचार समिति सर्लाहीका संवाददाता तथा आफै अनलाईन संचालन गर्दै आएको बुझिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै