रौतहट, ८ चैत । लोकतानित्रक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति को बैठकमा चिनियाँ अति महत्वाकाँक्षी परियोजना “बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)” सम्झौता नेपालको पक्षमा नभएको ठहर गरेका छन् ।
महोत्तरीको बर्दिवासमा ६–७ गते बसेको लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा भएको बैठकमा चिनियाँ अति महत्वाकाँक्षी परियोजना बीआरआईको विरोध जनाउदै उक्त सम्झौताबाट नेपालको हित नहुने उल्टै नेपालको ठूलो नोक्सानी हुने ठहर गरेका हुन् ।
चीनले अगाडि सारेको बीआरआईमा सहभागी हुन नेपालले २०१७ मै हस्ताक्षर गरेको थियो, तर अहिलेसम्म कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छैनन् ।
लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौता अन्तरगत १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमति नेपालको हितमा भएको भन्दै स्वागत गरे । बैठकको निर्णयमा भनिएको छ, “मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोड सम्म सीमा तय गरिएको निर्णयलाई बैठकले स्वागतयोग्य भनेका छन् ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन