दुर्गाभगवती (रौतहट), ९ चैत । दुर्गा भगवती गाउँपालिकाका समाजसेवी एवं युवा सुनिल सिंहले आउन लागेको होली पर्वलाई शान्तिपूर्ण ढंगबाट सभ्य र भव्य रुपमा मनाउन पालिकाबासी संग आग्रह गरेका छन् ।
शान्त एवं सरल स्वभावका धनी युवाहरुको ढुकढुकीका रुपमा चिरपरिचित रहेका युवा समाजसेवी सिंहले होली पर्व असत्य माथि सत्यको विजय भएको तथा दानविय शक्ति माथि दैवी शक्तिको विजय भएको दिनलाई उत्सवको रुपमा मनाइने यसपालको होली पर्वमा सभ्य एवं भव्य रुपमा मनाई पालिकालाई उदाहरणको रुपमा देखाउन अग्रह गरेका हुन् ।
पुरानो रिसिइवीहरुलाई बिर्षेर नयाँ ढंगबाट आपसी भाईचार एवं सदाचारीता कायम गरी दुर्गा भगवती गाउँपालिकालाई होलीको उत्सव भव्य रुपमा मनाई उदाहरणको रुपमा जिल्लामा परिचित गराउन समेत उनले पालिकाबासी संग अपिल गरे । आफूबाट यस पालिकाको लागि हुने योग्यदान दिने र आउने समयमा जनजन संग सम्बाद गरेर अघि बढ्ने प्रतिबद्धता तराई टप मार्फत समाजसेवी युवा सुनिल सिंहले व्यक्त गरे ।
होली पर्व सनातन हिन्दुहरुको महान पर्व रहेको हुँदा सबै आ आफनो स्तरबाट समाजमा कुनै प्रकारको खलल पुग्ने गरी त्यस्ता कार्यहरुलाई कहिल्यै नगर्ने र समाज कल्याण हितमा सम्पूर्ण जिवन समर्पित गर्ने बचनबद्धताको साथ सम्पूर्ण पालिकाबासीलाई होली पर्वको राम्ररी ढंगबाट वितोस भने शुभकामना दिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट