जनकपुरधाम, १० चैत । मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने भएका छन् ।
संघिय सरकारमा समिकरण फेरबदल भएपनि नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ढाप्रसाद यादवले शुक्रवार समर्थन फिर्ता लिएको औपचारिक रुपमा प्रदेशका सभामुख र प्रदेश प्रमुखलाई पत्र पठाएपछि सरकारलाई निरन्तरता दिनका लागि मुख्य मन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने भएका हुन् ।
सरकारबाट बाहिरिएको पाँचौ दिन कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको छ । ‘कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ’ उनले भने, जनता समाजवादी पार्टी (जसपा) नेपालले एमाले लगायतका दलहरुसित गठबन्धन गरेकाले समर्थन फिर्ता लिएको जनाएको छ ।
प्रदेशमा जसपाको नेतृत्वमा सरकार गठन भएदेखि नै नेपाली कांग्रेसले समर्थन दिदै आएको थियो । एमालेसँगको गठबन्धनसहितको सरकार जसपा संसदीय दलका नेता यादवको नेतृत्वमा गठन भएको थियो । प्रथम पटक गठन भएको सरकारमा एमाले र जनमत पार्टीको सहभागिता रहेको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी, नेकपा एस र लोसपा पनि सहभागी भएको थियो ।
सरकारलाई सबै भन्दा ठूलो दल एमालेले समर्थन गरेको छ । एमालेबाट संसदीय दलका नेता सरोज कुमार यादव प्रदेश सरकारमा मन्त्री छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तीनै मन्त्रालय एमालेको भागमा परेको छ ।
कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनु पर्ने भएको छ । सरकारसित बहुमत रहेपनि संसदीय चलन अनुसार मुख्यमन्त्रीले प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । तराईमा होली सकिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट