प्रदेश २ मै उत्कृष्ट प्रशासकको रुपमा प्रजिअ इन्द्रदेव यादव बन्न सफल

   भदौ २४, २०७८  
566 Shares

तराई टप संवाददाता
रौतहट, २४ भदौं । बर्षभरीको कार्यलाई मूल्याँकन गर्दा कार्य सम्पादनको हिसावले रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रदेश २ मा पहिलो स्थानमा पर्नु भएको छ ।
गृह मन्त्रालयले देशभरी ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बर्ष गरेको कार्य क्षमता एवं उनका गतिविधिलाई नियालेर मूल्याँकन गर्दा रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव प्रदेश नम्वर २ को ८ वटै जिल्लामा उत्कृष्ट सिडिओको रुपमा कार्य गरेको ठहर गरिएको हो ।
प्रजिअ यादव देशभरीकै मूल्याँकनमा १९ औं स्थानमा पर्न सफल भएको गृह मन्त्रालयले जनाएका छन् । रौतहटमा भएका विभिन्न किसिमका घटनाहरुलाई न्युनिकरण, उचित सुरक्षा प्रदान गर्नमा तथा कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न र भ्याक्सीन व्यवस्थापनमा प्रजिअ यादवले निर्वाह गरेको भुमिकालाई सम्मान गर्दै उनी प्रदेशमै उत्कृष्ट सिडिओ भएको ठहर मन्त्रालयले गरेका छन् ।
प्रदेश २ कै उत्कृष्ट अधिकारीको रुपमा पर्न सफल हुनु भएपछि स्थानियले उहालाई बधाई तथा शुभकामना दिने क्रम बढ्दै गएको जिल्ला प्रशासन कार्यालय गौरको प्रशासन फाँटको नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै