रौतहट, १० चैत्र । नेपाल काँग्रेस नगर समिति चन्द्रपुरद्धारा शनिवार होली मिलन कार्यक्रमको आयोजना गरेर शुभकामना साटासाट गरेका छन् ।
नेपाली काग्रेस नगर समिति चन्द्रपुरद्धारा आयोजित होली मिलन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघिय साँसद देवप्रसाद तिमल्निाले असत्य माथि सत्यको विजय भएको दिनलाई खुशीयाली एवं उत्सवको रुपमा मनाइने होलीलाई सभ्य एवं भव्य बनाउन पूर्ण शान्तिपूर्ण रुपमा मनाई आपसी सदभावलाई कायम गर्दै होलीको शुभकामना दिए ।
सो कार्यक्रममा वृन्दावनका पूर्ण नगरप्रमुख रामस्नेही राय यादवले पुराना रिसिइवीलाई विर्षेर आपसी भाईचारलाई कायम गरेर होली पर्व मनाउन आग्रह गर्नुका साथ सौहादपूर्ण रुपमा हाली पर्व मनाउन सबैमा शुभकामना दिए ।
नगर सभापति मुकेश गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हिन्दुहरुको महान चार्ड होली पर्वले सबैमा खुशी छाओस तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न वक्ताहरुले शुभकामना दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन