वडा कार्यालयमा ताल्चा, अध्यक्षको घरबाट कार्यालय संचालन

600 Shares

 

रौतहट, २४ भदौं । देवाही गोनाही नगरपालिका वडा नम्वर ९ का अध्यक्षे विगत तिन बर्ष देखि आफनै घरमा वडा कार्यालय बनाएको गुनासो सेवाग्रहरुले गरेको छ ।
देवाही गोनाही नगरपालिका ९ का वडाध्यक्ष राजेश साहले वडा कार्यालयमा ताल्चा लगाई आफनै घरमा वडा कार्यालय संचालन गर्दै आएको काम काज प्रभावित भईरहेको स्थानीयहरुले गुनासो गरेको हो । वडा कार्यालयमा ताल्चा लगाएर आफनै घरमा संचालन गरेको कार्यालयमा कतिपय स्थानीयहरु जान नसकेको अवस्थामा वडाको कार्य लथालिङ्ग अबस्था पुगेको स्थानीय हरिन्द्र साहले आरोप लगाए ।
निवाचित भएको सुरुका केही दिन वडा कार्यलयबाट वडा अध्यक्षले सेवा दिएपनि त्यसपछि वडा कार्यालयमा ३ बर्षदेखि बस्न छाडेको उनले भने । वडा भरिका सर्वसाधरणहरु केही काम परेमा वडा अध्यक्ष राजेश साहकै घरमै पुग्नु पर्ने अधिकाँश सेवाग्रहीले आक्रोश व्यक्त गरे । वडा कार्यालयमा हुनु पर्ने कम्प्युटर ल्यापटप डेक्स बेन्चकुर्सी वाईफाई नेट लगायतका समाग्रीहरु समेत आफनो घरमा राखेर काम गर्ने गरेको अर्का स्थानिय दिपक साहले दुखेसो पोखे ।
नागरिकहरुको वडा कार्यालयबाट हुनु पर्ने कामलाई वडा अध्यक्षको घरबाट सञ्चालन भइरहेकाले अब वडा कार्यालयमा नै गर्नु पर्ने स्थानियले माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार