एमसिसि विरुद्ध आइर्टी आर्मीद्धारा चन्द्रपुरमा प्रदर्शन

654 Shares

तराई टप संवाददाता
रौतहट, २५ भदौं । आइर्टी आर्मीद्धारा रौतहटको चन्द्रपुरमा एमसिसिको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आईर्टी आर्मी रौतहटद्धारा शुक्रवार चन्द्रपुरमा निकालेको वृहद विरोध र्यालीमा राष्ट्रिय स्वाधिनताको रक्षा गर, राष्ट्रघाती एमसिसि फिर्ता गर विभिन्न नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन् । आइटी आर्मीको जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्वमा निस्किएको विरोध जुलुश चन्द्रपुर नगरको परिक्रममा गर्दै मुलुकमा एमसिसि कुनै पनि अवस्थामा लागु गर्न नहुने प्रदर्शनकारीहरुद्धारा चर्को विरोध जनाए । हातमा विभिन्न नारा लेखिएको प्ले कार्ड सहित निस्किएका आईटीका अगुवा एवं कार्यकर्ताहरु पुर्व पश्चिम राजमार्ग र गौर चन्द्रपुर सडक खण्डलाई केही वेर अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।
एमसिसि लागु गर्नुको पछाडी अमेरिकाको ठूलो खतरनाक रणनीति लुकेको आइटी आर्मीको दाबी रहेको छ । एमसीसीबाट देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल भईरहेको हुनाले आन्दोलनमा उत्रनु बाहेक अन्य कुनै विकल्प नगरेको पूर्व मन्त्री एवं नेता प्रभु साहले जिकिर गरे ।


देशका मुख्य राजनीतिक पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरु संसदबाट एमसीसी पास गराउन लागि परेको आरोप लगाउदै उनले अफगानिस्तान जस्ता देशहरु अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुँदा भोग्नु परेको पिडा सबैलाई छर्लङ्ग भएको उनले भने ।
साँसद साहले एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनुपर्ने भएकाले अब रौतहट लगायत मुलुकभर आन्दोलन गर्नु पर्ने बताए । एमसीसीको खारेजीका निम्ती एक जुट हुन आम नेपाली नागरिक संग उनले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार