रौतहट, १६ चैत । होइन यो देशमा कानुन व्यवस्था छ कि छैन ? कानुन विपरित कार्य गर्नेलाई दण्डित गर्ने प्रचलन समाप्त भईसकेको हो की ? होइन भने आम मानिसको स्वास्थ्य संग खेलवाड गर्ने माथि कारवाही सम्बध निकायले किन नगरेको होला ? भनेर अहिले सबत्र प्रश्न चिन्ह् खडा भएका छन् ।
रौतहटको गरुडा नगरपालिकाको शिवनगर स्थित महादेव मन्दीर रोडमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले तोकिएको मापदण्ड विपरित संचालनमा रहेका आनन्द होस्पिटल प्राली र त्यसका संचालक उमेश प्रसाद जयसवाल माथि कारवाही नगरिनु कतै लक्ष्मिकान्तको प्रभावमा परेर सबै कानुनलाई धोती लगाउदै सर्वसाधारण गरिव निमुखा विरामीहरुलाई ढाड सेक्ने गरी उपचारको नाँउमा रकम असुल्दै आएका विरुद्ध कारवाही नुहनु निकै दुखद स्थानीयहरुले गुनासो गरेका हुन् ।
मापदण्ड विपरित तथा गैरकानुनी रुपमा संचालनमा रहेका नीजि आनन्द होस्पिटलले उपचारको नाउँमा विरामीहरुको ढाँड सेक्ने कार्य गरिरहदा पनि स्थानीय सरकार देखि लिएर संघिय सरकारका प्रतिनिधिहरु मुकदर्शक बनेपछि स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरु संस्थागत रुप लिदै गएको बताइएको छ ।
आनन्द पोलिक्लीनिक एक्युपंचर संचालन गर्न २०७३ साल साउन १९ गते स्वीकृति जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट लिएर २०७६ फागुन १३ नविकरण गराएका थिए । पोलिक्लीनिकको आडमा उमेश प्रसाद जयसवाले आनन्द होस्पिटल प्रालीको नाममा मापदण्ड विपरित, गैरकानुनी तवरबाट विना इजाजत संचालन गरेर विरामीहरु संग दैनिक रुपमा लाखौं लाखको ठगि कार्य गर्दै गोरखधन्धा संचालन गरिरहेका छन् ।
गरुडा नगरपालिका श्रोतका अनुसार गैरकानुनी रुपमा संचालन गरेका जयसवालले नगरपालिकामा वैधानिकता दिन निवेदन दिएपनि त्यसै थन्किएको छ । दैनिक रुपमा आफनो चालकलाई पठाउने, आर्थिक चलखेलको लागि प्रस्ताव गर्ने गरेपनि नगरपालिकाले अहिले सम्म उनको निवेदन माथि कार्यान्वयन गर्न मानेका छैनन् ति श्रोतले भने ।
संचालक जयसवालको क्रियाकलपा गरुडा नगरक्षेत्रमा जगजाहिर रहेको छ । कस्तो छवी भएका व्यक्ति हुन् त्यो भन्ने पर्दैन ति श्रोतले बतायो । औषधीको नाममा ब्रम्ह्लुट गर्दै आएको छ । १०÷२० रुपैयामा पाइने लहसुनको इन्जेक्सनको हजार रुपैया सम्म असुल्ने गरेको, ९ सयको औषधीको रैपर परिवर्तन गरेर ५ हजार सम्म लिई विरामीको ढाँड सेक्ने कार्यलाई निरन्तरता दिदै आएको हुँदा निज विरुद्ध स्वास्थ्य मापदण्ड ऐन कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिनुपर्ने माग स्थानीयहरुले गरेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन