तस्वीरः समाजिक संजालबाट
रौतहट, १८ चैत । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने रौतहटको परोहा नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने परोहा नगर पालिकाको लौकाहा र बसन्तपटीको बीचमा बिआर ३० यु ८७६७ होन्डा साइन र बीआर ०५ बीबी २८४० नम्वरको अपाची मोटरसाइकल एकआपसमा आईतवार विहान जुध्दा बौधीमाई नपा ४ इनरवारीका २५ बर्षिय सुरेश पासवानको मृत्यु भएको हो ।
दुबै मोटरसाइकल एक आपसमा जुधेर गम्भीर घाइते बनेका पासवानलाई तत्कालै उपचारको लागि वीरगञ्ज पठाइएका थिए उपचारको क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।
अर्को मोटरसाइकलका चालक परोहा नगरपालिको जिगडवाका अलियास सहित दुई जना घाइते भएको प्रहरीले जानकारी दिए । घाइते मध्ये एक जनाको केयर होस्पिटल वीरगञ्जमा र एक जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको तथा उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट