सर्लाही, १९ चैत । सर्लाहीको मलंगवा र लालबन्दीबाट हुण्डी कारोवार संचालन गर्दै आएको आरोपमा संचालक सहित दुई जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।
हुण्डी कारोवारमा प्रयोग गरिएका तर श्रोत खुलाउन नसकेको करिव पौने २८ लाख नेपाली नोट सहित सर्लाही प्रहरीले मलंगवाबाट दुई जनालाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाद्धारा सोमवार जारी गरिएको प्रेस नोटमा गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक सविनकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नम्वर ९ स्थित सडक खण्डमा आईतवार दिउसो ३.३० बजेको समयमा मलंगवा वडा नम्वर ३ का अलि हसनको २४ बर्षिय छोरा कमर राजा माथि शंका लाग्दा उसले बोकेको कालो रंगको झोलाको खानतलासी गर्दा एक हजारको एक हजार थान १० लाख र लक्ष्मी सनराइज बैंक लिमिटेडको ९ लाख ९० हजार जम्म गर्ने २ वटा भाउचर सहित नियन्त्रणमा लिएका थिए ।

कमर राजाको झोलाबाट बरामद भएको दश लाख नगद र दुई वटा भाउचर सम्बन्धी प्रहरीले सोधपुछ गर्दा मलंगवा नपा ३ का ४० आरिफ अंसारीले संचालन गरेका फोन सिटी मोवाइल पसलबाट ल्याएको अनुसन्धानको क्रममा प्रहरीलाई जानकारी गराएको उक्त प्रेस नोटमा भनिएको छ ।
वडा नम्वर ९ स्थित आरिफ अंसारीले सञ्चान गरेकों फोन सिटी मोबाईल पसलमा कानुन बमोजिम प्रहरीले खानतलासी गर्दा पसल भित्र रहेको रयाकको तल खैरो रडको कपडाको भोला भित्र कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको १ हजार दरको १४५४ थान नोट १४ लाख ५४ हजार, ५ सय दरको ६२२४ थान तिन लाख ११ हजार, १ सयको १०९ थान मा १० हजार ९ सय तथा अन्य नोट गरेर १७ लाख ७५ हजार ९७० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका छन् ।
कमर राजा र आरिफ अन्सारीलाई २८ लाख ७५ हजार ९७० नेपाली रुपैया बरामद गरेपनि उक्त नोटको कुनै श्रोत नदिदा दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएका हुन् ।
प्रहरीको अनुसन्धानमा अन्सारीले लालबन्दी नगरपालिका वडा नम्वर ७ मा समेत फोन सिटी मोवाइल पसल संचालन गरेर हुण्डीको कारोवार गर्दै आएका थिए ।
यसरी प्रहरीले हुण्डी कारोवारको गोरखधन्धा चलाउदै आएका अन्सारीलाई प्रहरी नियन्त्रणमा राखेर सुक्ष्म अनुसन्धान गरी आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधी ज्ञवालीले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन