वारा र रौतहटबाट ९३ लाख नेपाली नक्कली नोट सहित ५ जना पक्राउ

   २७ भाद्र २०७८, आईतवार १८:३३  

 

तराई टप संवाददाता
रौतहट, २७ भदौ । नेपाली नोटको हुबहु प्रिन्ट गरेर कारोवार गरिरहेको प्राप्त जानकारीको आधारमा नेपाल प्रहरीको सिआईवीको टोलीले वारा र रौतहटमा एक साथ छापामारी गरी झण्डै ९३ लाख नक्कली नेपाली नोट सहित ५ जनालाई पक्राउ गरेका छन् ।
सिमापारी भारतमा नोट प्रिन्ट गराई नेपालमा सोही नोट ल्याएर कारोबार गर्ने कार्यमा संलग्न रहेको गिरोह सक्रिय रहेको खवर सिआईवीलाई प्राप्त भएपछि सादा पोशाकमा आएका प्रहरीले वारा निजगढ ४ स्थित रहेको तराई इन र रौतहट चन्द्रपुर स्थित ताज होटलमा छापा मारेर ५ जनालाई पक्राउ गरिएको बताइएका हुन् ।
निजगढको तराई इनबाट ४ जना र रौतहटको चन्द्रपुरको ताजबाट १ जना गरी ५ जनालाई नक्कली र सक्कली नोटसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रौतहटमा पक्राउ परेका १ जनालाई पनि बारा पठाएको बुझिएको छ ।
पक्राउ परेकाहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी ९३ लाख रुपैयाँ बरामद भएको वारा प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै