download zoom immersive view chat zoom for facebook free download zoom download - zoom download download zoom for pc gratis http zoom us download

चाइनाद्धारा नेपाली क्षेत्र मिचेर भवन बनाएको एक बर्ष पछि नेपाली टोली अध्ययन गर्न चिन सिमामा

   २८ भाद्र २०७८, सोमबार १२:३०  

तराई टप संवाददाता
रौतहट, २८ भदौं । चिनले नेपाली सिमा मिचेर भवन बनाएको पाइएको एक बर्ष पछि सिमा नाकाको स्थलगत रुपमा अध्ययन एवं अध्ययन गर्न सरकारी टोली हुमला पुगेका छन् ।
हुमला जिल्ला संग जोडिएको चिन संगको सिमा क्षेत्रमा चिनियाँहरु एकतर्फी रुपमा नेपाली भु भाग मिचेर भवन बनाएको स्थानीय स्तरमा विरोध जनाउदा समेत कुनै उनीहरुलाई फरक नपर्दा जिल्ला प्रशासन कार्यालय हुमला मार्फत गृह मन्त्रालयमा जानकारी गराइएपछि सिमा अध्ययनको लागि नेपाल सरकारले गठन गरेको अध्ययन टोली गत शनिवार हुमलाको सदरमुकाम सिमिकोट पुगेका थिए ।
हुम्लाको चिन संग जोडिएको सिमा क्षेत्रमा १५ वटा सिमास्तम्भ रहेको मध्ये १३ सिमा स्तम्भको अध्ययन गरिने भएको बताइएको छ । हिमाली क्षेत्र भएको हुँदा प्रतिकुल मौसम भएमा १३ स्तम्भ नत्र मौसमले साथ दियो भने सवै सिमा स्तम्भको अवस्था वारे जानकारी एवं अध्ययन गरिने हुमलाको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

गृह मन्त्रालयको सह सचिव जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय अध्ययन टोली काठमाडौंबाट शनिवार हुमलाको सिमिकोट पुगिसकेको छ । उक्त टोलीमा नापी विभागको उप महानिर्देशक सुशिल डंगोल, सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीको अधिकारीहरु सहभागी रहेको छ । अध्ययन टोली चिन संग जोडिएको हुमलाको समानाको अध्ययन गरेपछि चिनले मिचेको हो कि होइन वारे तथ्य पत्ता लाग्ने गृह मन्त्रालय श्रोतबाट बुझिएको छ ।

एक बर्ष अघि नाम्खा गाउँपालिका वडा नम्वर ६ लिमिको लोलुंगजोंगमा चिनले नेपाली सिमा मिचेर एकतर्फी रुपमा निर्माण गरेको भवन वारे समाचारहरु विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि औपचारिक रुपमा सरकारी टोली स्थलगत अध्ययनका लागि टोली हुमला तर्फ गएको बताइएको छ । हुमलामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही भौतिक संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।
भदौ १७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले हुमलाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो । टोलीले हुमलामा राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिहरु संग सीमाका सम्बन्धमा छलफल गरेर । मिचिएको क्षेत्र तर्फ गइसकेको श्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै