रौतहट, २० चैत । नेपाल नेत्र ज्योती संघ शाखा रौतहटको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
गौर आँखा अपस्पताल पुरेनवाको मिटिङ हलमा नेपाल नेत्र ज्योती संघ शाखा रौतहटद्धारा मंगलवार बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।
नेत्र ज्योती संघ शाखा रौतहटका सभापति विजयकुमार सिंहको सभापतित्वमा सम्पन्न बर्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाको उपनगर प्रमुख शैलकुमारी साह, विशिष्ट अतिथि नेपाल नेत्र ज्योती संघ मधेश प्रदेशका प्रमुख सचिव संजिवकुमार मल्लिक, पूर्व सभापति दुर्गा प्रसाद यादव, सचिव बच्चा प्रसाद यादव, कोषाध्यक्ष शिवमंगल प्रसाद साह, अस्पतालका मेडिकल डायरेक्टर डा. प्रज्जवल बस्नेत, गौर नपा ९ का वडाध्यक्ष अर्जुन सिंह, आजिवन सदस्य एवं नागरिक अभियन्ता डा. नन्दकिशोर झा उपस्थिति रहेको थियो ।
यस्तै आजिवन सदस्य तथा समाजसेवी रेबन्त झा, मधेश प्रदेश आजिवन सदस्य भुवनी देवी श्रेष्ठ लगायतका आजिवन सदस्य तथा नेपाल नेत्र ज्योती संघका पदाधिकारी एवं सदस्यहरु र संचारकर्मीहरुको वृहद उपस्थितिमा बार्षिक साधारण सभा सम्पन्न भएको नेत्र ज्योती संघ शाखा रौतहटका सभापति विजयकुमार सिंहले जानकारी दिए । बार्षिक साधारण सभाको संचालन गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले संचालन गरेको थियो ।
तस्वीर फिचर



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन