रौतहट, २१ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मर्यादा भंग गरेको आरोपमा रौतहटको विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेका ६ जना विरुद्ध शिक्षा ऐन अनुसार मुद्दा दर्ता गरी कारवाही चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती अनुसार, २०८० सालको एसइइ परीक्षालाई मध्यनजर राखेर वाह्ट्स ऐप ग्रुप बनाई प्रश्न पत्र अनुसारको उत्तर लेखेर वाह्ट्स एप सहित विभिन्न समाजिक संजाल मार्फत विद्यार्थीहरलाई पठाएर एसइइ परीक्षाको गरिमा एवं मर्यादालाई भंग गर्ने ६ जनालाई नियन्त्रणमा लिएर शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो ।
वाह्ट्स ऐप को माध्यमबाट परीक्षाको गोपनियता भंग गर्ने, आफू परीक्षाको निरीक्षकमा खटि स्वयंम आफूले चिट चोर्न लगाएको कार्य गरेर परीक्षाको मर्यादा भंग गरिरहेको प्राप्त सूचनाको आधारमा उक्त कार्यहरुमा प्रयोग भएका मोवाइल नम्वरहरु र सोको प्रयोगकर्ताहरु तथा त्यसमा संलग्न व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा ६ जना शिक्षकहरुलाई पक्राउ गरेर शिक्षा ऐन २०२८ बमोजिम मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया सुरु गरिएको डिएसपी गिरीले जानकारी दिइन् ।
वाह्ट्स ऐपमा एसइइ को ग्रुप बनाएर प्रश्नपत्र र उत्तर आदानप्रदान गरेर प्रश्नपत्रको गोपनियता भंग गर्ने र परीक्षाको मर्यादा भंग गरेको आरोपमा राजदेवी नगरपालिका १ घर भएका श्री मावी पथराका प्रधानाध्यापक उतिचन्द्र यादव, परीक्षा निरीक्षकको रुपमा खटिएर चिट चोर्न लगाई परीक्षाको मर्यादा भंग गरेको आरोपमा सरस्वती मावी पिपरार भलोहिया परीक्षा केन्द्रबाट गढीमाई नगरपालिका वडा नम्वर ७ का ललन राय यादव, पथराबुधराम परीक्षा केन्द्रबाट मौलापुर नगरपालिका वडा नम्वर ६ का रामअमोद प्रसाद यादव, शंकर मावी सरमुजवा परीक्षा केन्द्रबाट मौलापुर ६ का अबधलाल राम र सोही परीक्षा केन्द्रबाट मौलापुर ६ का राकेश कुमार यादवलाई पक्राउ गरेर कारवाही गरिएको उनले भनिन ।
यस्तै अनाधिकृत रुपमा परीक्षा केन्द्रमा प्रवेश गरेर चिट गराई परीक्षाको मर्यादा भंग गरेको आरोपमा सरस्वती मावी पिपरा भलोहिया परीक्षा केन्द्रबाट गढीमाई नगरपालिका वडा नम्वर १ का राम सोगारथ साहलाई नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको तथा उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको डिएसपी गिरीले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन