१४ बर्षिया बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा दहाललाई पुर्पक्षका लागि कारागार चलान

र्लाही, २८ भदौं । सर्लाही जिल्ला लालबन्दी नगरपालिकामा १४ बर्षिया किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न रहेका एक आरोपीलाई मलंगवा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकाको १९ बर्षिय युवक अनिष दहाललाई किशोरी भुजेलको हत्यामा संलग्न रहेको आरोपमा आज उनलाईकारागार चलान गर्ने आदेश जिल्ला अदालत मलंगवाले दिएका हुन् ।
जिल्ला अदालतका मुख्य न्यायाधिश ध्रुव कुमार पियाको एकल इजलासमा थुनछेक बहसपछि दहाललाई अन्तिम फैसला नहुन्जेल सम्मका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो । जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार दहाललाई जवरजस्ती करणी गरेर कत्र्तव्य ज्यानको मुद्दामा सिंधुली कारागारमा राख्ने आदेश अदालतले दिएको छ ।
लालबन्दी नगरपालिका १७ रानीगञ्जकी १४ वर्षीया किशोरी प्रियंकाको बलात्कार गरेर हत्या गर्ने कार्यमा संलग्न १७ वर्षीय कृष्ण साहलाई यसअघि नै अदालतले बाल सुधारगृहमा राख्न आदेश दिएको थियो । गत भदौ १ गते राति प्रिंयकाको शव बलात्कार पश्चात हत्या गरेर गाडेको अवस्थामा लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलामा शव फेला प्रहरीले परेको थियो ।