ढाका, एजेन्सी । बंगलादेशको विपक्षी नेताहरुद्धारा जनतालाई दिगभ्रमित गर्नका निमित्त भारतमा उत्पादन भएका सामानको बहिष्कार गर्ने कार्यको बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले निन्दा गरेकी छिन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्तारुढ अवामी लीगका सदस्यहरूलाई सम्बोधन गरेकी एक कार्यक्रममा भारतीय उत्पादन बहिष्कारको वकालत गर्ने विपक्षी नेताहरूको कडा शब्दमा निन्दा गर्दै आलोचना गरेकी हुन् ।
उनले यी नेताहरूलाई पारदर्शी हुन र भारतीय सामानहरूसँग उनीहरूको कुनै पनि व्यक्तिगत सम्बन्ध खुलाउन आग्रह गरिन्, विशेष गरी उनीहरूका श्रीमतीहरूले लगाउने साडीहरु सबै भारतीय साडीहरू प्रयोग गर्ने गरिएको हुँदा विपक्षी नेताहरुको वाहियात कुराको भण्डाफोर गरेर देश भित्र भारत विरोधी गतिविधि सह्य नहुने प्रधानमन्त्री हसिनाले विपक्षी नेताहरुलाई चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
श्रोतः सि द पिपुल
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन