तराई टप डेष्क
सर्लाही, २१ चैत । सर्लाहीको भारत संग जोडिएका सीमा नाकाहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिंगमा तस्करी कार्यहरु यतिखेर मौलाउदै गएका छन् ।
खास गरेर सर्लाहीको चोर नाकाहरुबाट सुरक्षामा तैनाथ रहेका सशस्त्र र नेपाल प्रहरीको सेटिंगमा भारतबाट नेपालमा धान, किराना सामानहरु, लत्ताकपडा, पशु चौपायाहरु तथा नेपालबाट भारत तर्फ बालुवा गिट्टी, मदिरा लगायतका बस्तुहरुको निर्वाध रुपमा तस्करी भईरहको स्थानीयहरुले तराई टपलाई जानकारी दिएका हुन् ।
बलरा नगरपालिका वडा नम्वर ५ स्थित भगवानपुर नाका, सिजुवा अर्नाहा नाका र सीतला माताको बाटो भएर हरेक राति १२ देखि २० टेलर धान भारतबाट नेपाल भित्रिने गरेको छ । गोडैता नगरपालिका वडा नम्वर १२ मधुबनी नाकाबाट धान वारी तर्फ बालुवा गिट्टी पारी तर्फ निर्वाध रुपमा जाने गरेको श्रोतले बतायो ।
श्रोतका अनुसार सशस्त्र बीओपी कैम्प मधुबनीका इन्सपेक्टर नबीन देउजा र प्रहरी चौकी मधुबनीका असई संजय यादव हरेक धानको टेलरबाट ५०० देखि १५०० का दरले तस्करी गराए वापतको रकम लिने गरेको छ ।
केही भारतीय व्यापारीहरुले ५०० दरले रकम नजराना चढाएर आफनो कालो कार्यलाई निरन्तरता दिदै आएका छन् ।
श्रोतका अनुसार उक्त अबैध कारोवार गर्नमा बलरा नपा ३ का नागेन्द्र महतो, रोशन कुशवाहा, गणेश महतो, राजेश महतो लगायतका व्यापारीहरु संग भारतीय व्यापारीहरुले तस्करीको कार्य गर्दै दैनिक लाखौं राजस्व चुहावट गर्दै आएपनि सम्बन्ध निकाय मौन बस्नाले तस्करी कार्य अचेत सर्लाहीको विभिन्न नाकाहरु मौलाउदै गएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन