एक बोरा धानको लागि वागमती नगरपालिकामा वृद्धाको क्रुर हत्या, आरोपित पक्राउ

92 Shares

राधेश्याम कुशवाहा

सर्लाही, २२ चैत । लागुऔषधको दुर्वेषनी गर्ने युवकद्धारा बागमती नगरपालिकामा वृद्धा महिलाको क्रुर हत्या गरेको आशंकामा प्रहरीले रौतहटको एक जनालाई पक्राउ गर्न सफल भएका छन् ।
वागमती नगरपालिकामा दुई दिन अघि एक बोरा धानको लागि बृद्धा महिलाको टाउँकोमा प्रहार गरी हत्या पश्चात ७ बोरा धान मध्ये एक बोरा धान लिएर गएको सिसिटिभी फुटेजको आधारमा रौतहट वृन्दावन नगरपालिका घर भएका प्रमोद झा चौधरीलाई सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका हुन् । जिल्ल प्रहरी कार्यालय मलंगवामा विहिवार सार्वजनिक गर्दै सर्लाही प्रहरीका एसपी दयानिधि ज्ञवालीले वागमती नगरपालिका वडा नम्वर ४ जंगल टोल बस्ने बौधु महतोको ७० बर्षिया श्रीमती पार्वती देवीको हत्या गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिका वडा नम्वर ५ नरकटियाका ३९ बर्षिय प्रमोद झा चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएका छन् ।
गत मंगलवार साँझ ६.२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट जिरायत सर्लाहीमा कार्यरत प्रहरी सहायक हवलदार बिसम विश्वकर्मा डिउटी सकेर सोही स्थानमा रहेका कोठामा खाना खान जाने क्रममा बाटो छेउमा रहेको बौधु महतोको घरमा मानिसहरु भेला जम्मा भएको देखेर सोधपुछ गर्दा निजको वृद्ध पार्वती देवीको लाश घरको पालीको खाटमा रहेको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी उपरिक्षक आफै तथा मातहत इलाका प्रहरी कार्यालय, हरिवन सहितको स्थानबाट प्रहरी टोली घटना स्थालमा पुगेका अनुसन्धान सुरु गरेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा पार्वती देवीको टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा शव रहेको पाईएकोमा कानुन बमोजिम प्रकृया पुरा गरेर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाईएको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
मृतक महिलाको घर कोठामा ७ बोरा धान मध्ये ६ बोरा धान मात्र रहेको पाइयो, बागमती नगरपालिका वडा नम्वर ४ स्थित घिमिरे चौकमा रहेको किराना पसलमा जडान गरेको सिसिटिभि फुटेजबाट आरोपितलाई पहिचान गरिएको जानकारी दिदै प्रहरी उपरिक्षक ज्ञवालीले मृतकको घरमा रहेको धान मध्येबाट एक बोरा बोकी सोही किराना पसलमा बिक्री गर्न गएको थियो तर पसल संचालकले खरिद गर्न नमाने पछि अन्यत्र गईरहेको प्रष्ट रुपमा देखिएपछि निजको खोजी कार्यलाई तिव्र बनाइयो ।
झा भन्ने चौधरीलाई खोजतलासको क्रममा हिजो बुधवार बिहान सबा ७ बजेको समयमा बागमती नगरपालिका १ स्थित नहरको बाटो हुँदै रौतहट तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ज्ञवालीले भने ।
निजलाई हिरासतमा राखेर सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
संचारकर्मीहरुले सोधको प्रश्नको जवाफमा महिलाको हत्या किन गरेको विषयमा हामी गहन अनुसन्धान गर्दैछौं तर हामीलाई जहाँ सम्म लाग्छ लागुऔषधको दुर्वेषनीमा संलग्न रहेको कारण उक्त धान विक्री गरेर लागु औषध किन प्रयोग गर्ने मनसायबाट धानको बोरा लिने क्रममा वृद्ध महिलाले प्रतिकार गर्दा लौरोले टाउकोमा प्रहार गरी हत्या गरेको आशंका उनले व्यक्त गरे । अनुसन्धान जारी छ, उक्त घटना वारे थप जानकारी आएमा सार्वजनिक गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा मलंगवामा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक दयानिधि ज्ञवाली

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।