47
Shares
नयाँ दिल्ली, एजेन्सी । ताइवानमा गत बुधवार ७.४ रेक्टरस्केलको भुकम्पबाट मर्माहत बनेका ताइवानी जनताको साथमा भारत रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स मार्फत सन्देश दिएका छन् ।
ताइवानमा ७.४ रेक्टर स्केलको भूकम्प गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त जारी गर्दै त्यसबाट ज्यान गुमाएका ताइवानी नागरिक प्रति गहिरो दुख व्यक्त गरेका हुन् ।
ज्यान गुमाउनु पर्दा गहिरो दुःख लागेको छ…घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । हामी ताइवानका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै उनीहरुको साथमा भारतीय जनता खडा रहेका छन् ।
उनीहरू माथि अकस्मात आइपरेको पीडालाई सहन शक्ति प्रदान इश्वरले प्रदान गरुन प्रधानमन्त्री मोदीले एक्स मा लेखेका छन् । ताइवानमा कम्तिमा नौ जनाको मृत्यु भएको थियो ।
श्रोतः एक्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन