साँसद प्रभु साहद्धारा मौलापुर नगरपालिकामा विकास कार्यको अनुगमन

   २७ आश्विन २०७७, मंगलवार १५:१६  

 

रौतहट, २७ असोज । संघिय साँसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले रौतहटको मौलापुर नगरपालिकामा भएको विकास निर्माणको पुर्वाधारहरुको मंगलवार अनुगमन गरेको छ ।
मौलापुर नगर क्षेत्रमा शहरी विकासका पुर्वाधार, व्यवस्थित बजारको पुर्वाधार, बसपार्क, सडक लगायत विभिन्न कार्य निर्माणहरुको साँसद साहले मंगलबार अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा काममा ढिला सुस्ती भएका र गुणस्तरहिन कार्य गरेका निर्माण कम्पनि तथा ठेकेदारलाई सचेत गराउनु भएको छ । मौलापुर नगरपालिकामा शहरी विकासका कामहरुले गति लिन थालेको छ । अब्यबस्थित बजारहरु ब्यबस्थापन उन्मुख भएका छन । बसपार्क ब्यवस्थित तथा सडकहरु कालोपत्रे र पक्कि हुने क्रम बढ्दै गएको छ । मौलापुर नगरपालिकामा विकासका पुर्वाधारहरु निर्माणले तिब्रता पाएको अनुगमनको क्रममा देखिएको नेकपाको जिल्लास्तरिय नेता त्रिभुवन साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै